मातृभाषा माध्यमबाट शिक्षा —रेणुका जि सी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र २६, बिहिबार (४ साल अघि)
  • ४ पटक पढिएको
मातृभाषा माध्यमबाट शिक्षा —रेणुका जि सी


चैत २६ गते

साक्षरताको तथ्याङ्कमा हाम्रो रौतहट अन्तिमबाट प्रथम स्थानमा छ अहिलेकोअवस्थामा ७५ जिल्ला हुँदा ७५ औँ स्थानमा र ७७ औँ जिल्ला हुँदा ७७ औँस्थानमा रहेको देखिन्छ । आशा गरौँ अबको तथ्याङ्कले हाम्रो अवस्था सुधारभएको जानकारी देओस ।

       शिक्षाको यो अवस्था कुनै एक पक्षका कारण मात्र भएको होइन् । यसका लागि धेरै पक्ष जिम्मेवार छन ।  जसमा महत्वपूर्ण पक्षहो  मातृभाषा । 

     आफ्नै विद्यार्थी जीवन फर्केर हेर्छु । हामीलाई  सबैभन्दा सजिलो  नेपाली विषय ।   कक्षाकोठामा  जुनसुकै विषयका शिक्षकअनुपस्थित भएको समयमा  पनि हामी नेपाली किताब निकालेर जोडजोडले  कविता गाउँथ्यौँ । कथा , निबन्ध , जीवनी पढ्थ्यौँ । नयाँकिताब पाएकै दिन किताबमा भएका जति कथा , कविता पढेर सक्थ्यौँ । अझ आफ्ना किताब सकेर माथिल्लो कक्षाका  दाजु दिदीकाकिताबमा पनि खोजी खोजी  कथा , कविता , निबन्ध, जिवनी , चिठी पढ्थ्यौँ  ।  विद्यार्थी जीवनमा हाम्रालागि सबैभन्दा सजिलो विषयनेपाली  थियो । सबैभन्दा रमाइलो विषय पनि नेपाली । परीक्षामा सबै पास हुने विषय पनि नेपाली । नेपाली राम्रोसँग पढ्न जानेकाकारण अंग्रेजी बाहेक अरु विषय राम्रोसँग बुझ्थ्यौँ कारण  हाम्रो पहिलोभाषा या मातृभाषा नेपाली थियो ।

                      मध्य तराईको  सरकारी विद्यालयमा नेपाली शिक्षकको  रुपमा अध्यापनरत मेरो अहिलेको अनुभव भने ठ्याक्कैविपरित छ । मेरा विद्यार्थीहरुका लागि नेपाली  विषय सहज  लाग्दैन । उनीहरुलाई नेपाली रमाइलो चाखलाग्दो विषय हो भन्ने  बनाउनअथक कोसिस गर्नुपर्छ । स्वस्फूर्त नेपाली विषय  पढ्ने , नेपालीमा बोल्ने  र कुराकानी गर्ने थोरै विद्यार्थी मात्र भेट्छु ।  सरकारी विद्यालयअझ नेपाली माध्यमबाट पढाई हुने विद्यालयमा नेपाली विषयमानै अनुत्तीर्ण हुने विद्यार्थी संख्या देखेर चिन्तित हुन्छु । 

    नेपाली नजान्नु  भनेको या नेपाली विषयप्रति उदासीन हुनु भनेको   एउटा नेपाली विषयमा मात्र कमजोर हुनु होइन । अंग्रेजी बाहेकसबै विषय नेपाली माध्यममा पढाइ भैरहेको  अवस्थामा नेपाली विषयमा नै कमजोर  हुनु भनेको अरु  सबै विषयको  सिकाइ उपलब्धिपनि खस्कनु हो । यो अवस्थाका विविध कारणहरु मध्य प्रमुख कारण हो मातृभाषा । 

         मातृभाषा भन्नाले बालबालिकाले आमाको काखबाटै सिकेको भाषा भन्ने बुझिन्छ । बहुभाषिक शिक्षा कार्यान्वयन निर्देशिका९२०६६० मा मातृभाषा भन्नाले बालबालिकाले आफ्नो घर परिवारमा बोल्ने पहिलो भाषा भनी उल्लेख गरिएको छ । समग्रमा मातृभाषाभन्नाले पहिलो भाषा भनेर भन्न सकिन्छ । जुन भाषा बालबलिकाले सबैभन्दा बढी जान्नुका साथै सबभन्दा बढी प्रयोग गर्न सक्दछन त्योप्राथमिक  भाषा नै मातृभाषा हो । 

       रौतहटका अधिकांश बालबालिकाको पहिलो भाषा बज्जिका भाषा हो । नेपाली मातृभाषा भएका विद्यार्थीको संख्या न्यून छ ।  यहाँको विद्यालयको  भाषिक वातावरण र बालबालिकाको सामाजिक भाषिक वातावरणबीच  बेमेल देखिन्छ । जसका कारण विद्यार्थी रविद्यालय  बीचको दुरी कम हुन सकेको छैन । विशेष गरी प्रारम्भिक कक्षाहरुमा भाषाकै कारण विद्यार्थीले विद्यालयमा  अपनत्व महसुस  गर्न सकेका छैनन । पठनपाठन कृयाकलापमा सकृय सहभागिता जनाउन सकेका छैनन ।  भाषाकै कारण विद्यार्थीको सिकाइ उपल्ब्धीन्यून छ ।  माथिल्लो कक्षा चढे पनि विद्यार्थीको सिकाइस्तर भने दयनीय अवस्थामा छ  । भाषाकै  कारण विविध समस्या देखिएका छन। 

    नेपाल सरकारको अपेक्षा अनुसार कक्षा १ पास गरेका विद्यार्थीले १ मिनेट भित्र कम्तिमा २५ मिनेट शब्द  शुद्धसँग उच्चारण गर्नसक्नुपर्ने ,  कक्षा २ पास गरेका विद्यार्थीले १ मिनेट भित्र  ३५ र कक्षा ३ पास गरेका विद्यार्थीले १ मिनेट भित्र कम्तिमा ४५ शब्द शुद्धसँगउच्चारण गर्न सक्ने हुनुपर्ने छ । वल्ड एजुकेसनद्वारा  रौतहटका कटहरिया, मौलापुर, बौधीमाई, राजपुर नगरपालिकाका  ८ वटाविद्यालयका विद्यार्थीमा प्रारम्भिक कक्षा पढाइ मूल्याङ्कन भ्न्च्ब्  गरिएको   थियो ।  सर्वेक्षण अनुसार मात्र २ड्ड६ प्रतिशत  विद्यार्थी  मात्र सक्षम भएका छन । यो आफैमा  चिन्ताजनक अवस्था हो ।

 यो अवस्था सुधार गर्नका लागि पनि मातृभाषा माध्यममा शिक्षण सहयोगी हुने  छ ।ु मातृभाषा माध्यममा शिक्षा’ र ‘मातृभाषाकोशिक्षा’ ु झट्ट सुन्दा  उस्तै लागेपनि  तसमा धेरै भिन्नता छ ।  मातृभाषाको शिक्षा मातृभाषा विषय्वस्तुका रुपमा शिक्षण गर्नु हो भनेमातृभाषा माध्यममा शिक्षा  भन्नाले  शिक्षाको माध्यम भाषा मातृभाषा  हो भन्ने  बुझ्नुपर्छ  । मातृभाषामा शिक्षाले अपेक्षा गरेको न्यूनतमसर्त यही  हो कि बालबालिकाले सहज रूपमा प्रयोग गर्ने भाषाको माध्यमबाट आधारभूत शिक्षा प्राप्त  गर्दै   माध्यम भाषाबाट लक्ष्यभाषामा स्थानान्तरित हुँदै जान सकून । 

            अहिले हाम्रा विद्यालयमा  नेपाली भाषा शिक्षणमा दुई खालको अभ्यास  भैरहेको देखिन्छ । पहिलो अभ्यास हो शिक्षकलेनेपाली भाषामा मात्र पढाउने  जसमा  मातृभाषा माध्यमको रुपमा प्रयोग भैरहेको  पाइँदैन । मातृभाषा छुटिरहेको छ । मातृभाषाको प्रयोगनभएको कारण विद्यार्थीलाई विद्यालयको भाषिक वातावरण असहज  भैरहेको छ ।  सिकाइमा सक्रिय रुपमा विद्यार्थी सहभागी हुनसकिरहेका  छैनन । भाषाकै कारण  विद्यार्थीमा प्रारम्भिक कक्षामै पढाई प्रति वितृष्णा बढेको छ । पढ्ने अप्ठ्यारो काम हो भन्ने लागेकोछ । विद्यार्थीहरुलाई एकैपटक मातृभाषा  चटक्क छाडेर  जबरजस्ती नेपाली भाषालाई समात्न लगाइएको छ । जसमा धेरै विद्यार्थीहरु   असफल भैरहेका छन । उनीहरुको सिकाइ प्रारम्भिक कक्षामै छुटिरहेको  छ । 

  अर्को अभ्यास हो नेपाली भाषालाई पनि मातृभाषामा मात्र पढाउने । यो शिक्षण सिकाइ कृयाकलापमा केवल मातृभाषाको प्रयोगभैरहेको पाइन्छ । यो अभ्यासमा कक्षाकोठा शिक्षक केन्दृत विधीद्वारा संन्चालित देखिन्छ । शिक्षकले नेपालीमा पढ्ने र विद्यार्थीलाईआफ्नो मातृभाषामा सम्झाउने गरिएको पाइन्छ ।  यो खालको अभ्यासले विद्यार्थीहरु झन मातृभाषामै मात्र अल्झेका छन । नेपालीभाषाको प्रयोग शुन्य अवस्थामा छ । यो विधी  मार्फत मातृभाषा  शिक्षण उपयुक्त भएपनि मातृभाषा माध्यममा शिक्षण चाहीँ हुन सकेकोछैन । यही अभ्यासका कारण नेपाली भाषामा विद्यार्थीहरुको  पहुँच नै पुग्न सकेको छैन । यस्तो अवस्थामा  विद्यार्थीको नेपाली भाषासुदृढ हुने कुरै भएन ।

               नेपाली भाषा दोस्रो भाषाको रुपमा शिक्षण गर्नु आफैमा चुनौतिमूलक कुरा हो । कतिपय अवस्थामा एउटै  कक्षाकोठामापनि  फरक फरक मातृभाषा भएका विद्यार्थीहरु हुन्छ्न यो अवस्था  मा द्विभाषी र बहुभाषी माध्यम भाषाको रुपमा प्रयोग गर्नुपर्ने हुन्छ । योअवस्था अझै चुनौतीपूर्ण हुन्छ ।  रौतहटको परिप्रेक्ष्यमा   भने अधिकांश विद्यालयमा एक मात्र मातृभाषा बज्जिकाको प्रभाव  ज्यादादेखिन्छ । यसकारण हाम्रो जिल्लामा अन्य  स्थानमा भन्दा सहज भने अवश्य छ ।    

मातृभाषा माध्यममा शिक्षामा मातृभाषाको मौखिक माध्यमको प्रयोग गरिन्छ । नेपाली भाषामा लेखिएका विषयवस्तुलाईशिक्षणसिकाइ गर्न मातृभाषाको मौखिक स्वरुपको प्रयोग गरिन्छ । मातृभाषालाई माध्यमका रुपमा कम्तीमा पनि सुरुवाती कक्षा देखिकक्षा तीनसम्म प्रयोग गर्न जरुरी छ ।

  मातृभाषा माध्यममा शिक्षामा शिक्षकको  मात्र भूमिका हुँदैन । विद्यालय, मातृभाषी समुदाय लगायत विद्यालयसँग सम्बन्धित सबैपक्षको उत्तिकै जिम्मेवारी रहेको हुन्छ ।

   शिक्षण   सिकाइसँग सम्बन्धित हुन्छ । सिकाइलाई प्रत्यक्ष प्रभाव भाषाले पार्छ । जबसम्म भाषामा बोधगम्यता  हुँदैन तबसम्मसिकाइ सार्थक हुँदैन ।   दोस्रो भाषाका रुपमा नेपाली भाषा  शिक्षण गर्दा होस या अन्य कुनै भाषा  शिक्षण गर्दा मातृभाषालाई माध्यमबनाएर जान जरुरी छ । 

प्रारम्भिक कक्षामा मातृभाषाको माध्यमबाट शिक्षण गर्न सके विद्यार्थीहरुलाई सिकाइप्रति रुचि जगाउन अवश्य सकिने छ । सुरुवातीकक्षा जस्तै कक्षा एकमा कक्षाकोठाको भाषिक वातावरण मातृभाषामय बनाएर मातृभाषालाई निर्देशनका रुपमा प्रयोग गर्ने गर्न सकिन्छ। कक्षा दुईमा पुग्दा मातृभाषा र नेपाली भाषाको प्रयोग बराबरीका रुपमा गर्न सकिन्छ र कक्षा तीनमा पुग्दा नेपाली भाषाको प्रयोगज्यादा र मातृभाषाको प्रयोग कम गर्दै लैजान सकिन्छ । क्रमश माथिल्ला कक्षाहरुमा विद्यार्थीको आवश्यकता हेरेर मातृभाषा लाईमाध्यमको रुपमा प्रयोग गर्न सकिन्छ ।

    यसरी प्रारम्भिक  कक्षामै मातृभाषालाई माध्यमका रुपमा प्रयोग गर्दै नेपाली वा अन्य लक्ष्य भाषामा पुग्न सके मात्र  दोसो भाषाको  सिकाइ  सार्थक हुन सक्छ  । केही हदसम्म हाम्रो जिल्लाको शैक्षिक अवस्था सुधार हुन सक्नेछ । नेपाली भाषालाई दोस्रो भाषाकारुपमा  प्रयोग बालबालिकाहरुको शिक्षण सिकाइ  सरल सहज हुनुका साथै  सिकाइ उपलब्धि को स्तर वृद्धि  गर्न सकिनेछ । साथसाथैअपेक्षित लक्ष्य हासिल  गर्ने मार्गमा अग्रसर हुनेछौँ ।

ताजा अपडेट

खोजी गर्नुहोस