सर्लाहीमा मानिसलाई ठक्कर दिई फरार रहेको गाडी र चालक रौतहटबाट १० घण्टाभित्र नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र २८, शनिबार (४ साल अघि)
  • ६ पटक पढिएको
सर्लाहीमा मानिसलाई ठक्कर दिई फरार रहेको गाडी र चालक रौतहटबाट १० घण्टाभित्र नियन्त्रणमा


मुकेश मिश्र । सर्लाही । २७ चैत्र
सर्लाहीमा मानिसलाई ठक्कर दिई फरार रहेको गाडी र चालक रौतहटबाट १० घण्टाभित्र नियन्त्रणमा लिइएको छ ।
शुक्रवार विहान ०५ः३० बजेको समयमा जिल्ला सर्लाही बागमती न.पा.४ कर्मैया स्थितमा विहान मर्निङ्ग वाकमा निस्केको ऐ.ऐ.बस्ने वर्ष ४५ को तेज विक्रम सुवेदीलाई नम्बर नखुलेको बोलेरो पिकअप गाडीले ठक्कर दिई फरार भएको थियो । तत्कालै घाईतेलाई उपचारको लागी न्युरो अस्पताल विरगजं तर्फ पठाईएको प्रहरीले जनाएको हो । घाईतेलाई पुनः थप उपचारको लागि हेलिकप्टर द्धारा मेडिसीटी अस्पताल भैसेपाटी काठमाण्डौं पठाईएको, उक्त ठक्कर दिई फरार भएको सवारी साधनलाई प्रमुख प्रहरी उपरिक्षक संतोष सिंह राठौरको निर्देशन अनुसार ईलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक निर्मल थापाको कमाण्डमा खटिएको संयुक्त टोलीले खोजतलास गर्दै जाने क्रममा सिसिटिभी फुटेज हेर्नुका साथै स्थानिय प्रहरी एवं स्थानिय बासीहरुसंग समन्वय गरी जिल्ला रौतहट चन्द्रपुर न.पा.९ सिन्धुरेघारी भन्ने स्थानबाट उक्त ठक्कर दिई फरार भएको ना ३ च ८०२८ नम्बरको बोलेरो पिकअप गाडी र चालक ऐ.न.पा.५ बस्ने वर्ष २१ को करण राईलाई १० घण्टा भित्र पक्राउ गरी ईलाका प्रहरी कार्यालय हरिवन, सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस