वृन्दावनको बहुअरीमा तेली कल्याण समाज नेपालको अधिवेशन सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र २९, आईतबार (४ साल अघि)
  • ३ पटक पढिएको
वृन्दावनको बहुअरीमा तेली कल्याण समाज नेपालको अधिवेशन सम्पन्न


राजेश पासवान । वृन्दावन । चैत २८ गते
रौतहटको वृन्दावन नगरपालिकामा तेली कल्याण समाज नेपाल को नगर स्तरीय प्रथम अधिवेशन सम्पन्न भएकोछ।
जिल्ला को वृन्दावन नगरपालिका वडा नम्बर ८ बहुअरीमा रहेको श्री रामजानकी धर्मशालाको प्राङ्गणमा श्री महेन्द्र प्रसाद साहको अध्यक्षता तथा तेली कल्याण समाज नेपालको संयोजक छोटेलाल साहको प्रमुख अथित्यतामा शनिवार आज तेली कल्याण समाज नेपालको प्रथम नगर स्तरीय अधिवेशन सम्पन्न भएको हो ।

तेली समुदाय लाई अगाडि बढाउने र तेली समुदायमा फैली रहेको कुप्रथा अर्थात दाइजो प्रथालाई न्युनिकरण गर्ने उदेश्यका साथ सो कार्यक्रम को आयोजना गरियो थियो ।

कार्यक्रमको विशिष्ट अथितिमा उप संयोवक मोहन लाल साह रहेको थियो भने अथितिमा तेली कल्याण समाज नेपाल चन्द्रपुरको अध्यक्ष छोटेलाल साह,उपाध्यक्षमा नरेन्द्र साह लगायत तेली समुदायको विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

साथै सोही कार्यक्रमबाट वृन्दावन नगरपालिका स्तरीय १५ सदस्यीय समिति पनि गठन गरिएको छ ।
समितिको अध्यक्षमा राकेश प्रसाद साह,उपाध्यक्षमा प्रेमलाल साह,सचिवमा रबिन्द्र साह(उपेन्द्र),कोषाध्यक्षमा विश्वनाथ साह,
सदस्यहरुमा रामईश्वर साह,दशरथ साह,रामध्यान साह,भाग्यनरायण साह,रामप्रवेश साह र हितलाल साह रहेकाछन।
कार्यक्रममा विशेष सहयोगी का रुपमा दिपेन्द्र सा,रामबाबु साह,जयलाल साह,राजु साह,योगेन्द्र साह र बिजय साह शिवचन्द्र साह रहेको थियो भने कार्यक्रमको उदघोषण नरेन्द्र साहले गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस