महोत्तरीमा शिक्षकहरु द्वारा चरन बद्ध आन्दोलनका कार्यक्रम सार्बजनिक

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र ३०, सोमबार (४ साल अघि)
  • ४ पटक पढिएको
महोत्तरीमा शिक्षकहरु द्वारा चरन बद्ध आन्दोलनका कार्यक्रम सार्बजनिक

धर्मेन्द्र कुमार याद । चैत्र २९ गते । महोत्तरी
महोत्तरीको गौशाला नगरपालिका का शिक्षकहरु आईतबार देखी आन्दोलनमा उत्रेका छन । चैत्र २६ गते त्रिभुवन माध्यमिक विद्यालय गौशालाका शिक्षक विनोद कुमार महतोलाई स्थानिय अभिभावक राजेश महतो र गौशाला नगरपालिका वाडा सचिव उमाकान्त महतोले गालिगलौज्ज का साथै हातपात गरेको घटनालाई लिएर न्यायको माग गर्दै विरोध प्रर्दशन गरेका छ्न।

नेपाल शिक्षक महासंघको पुर्व घोषित कार्यक्रम अनुसार नगरपालिका भित्र रहेका सम्पुर्ण शिक्षक शिक्षिकाहरुले हातहातमा प्ले कार्ड वोकी त्रिभुवन माविबाट शुरु भएको ¥याली वजारको विभिन्न भागको परिक्रमा गर्दै गौशाला नगरपालिकाको कार्यालय अगाडि पुगि सम्पन्न भएको थियो ।

नगर पालिका पुगेका आन्दोलन कारी शिक्षखरुले गरेका कोण सभामा विभिन्न वक्ताहरुले आ आफ्नो धारना राखेको थियो।

आन्दोलनका कार्यक्रमहरु

१ चैत्र २९ गते बिरोध प्रदर्शन,
२ चैत्र ३० गते कालो पट्टि बाधी पठनपाठन गराउने,
३ चैत्र ३१ चक डाउन गर्ने,
४ बैशाख ३ गते सम्पूर्ण विद्यालयहरुको पठन पाठन बन्द गर्ने,
५ बैशाख ५ गते जिल्ला भरिको सम्पूर्ण विद्यालय बन्द गर्ने,
६ बैशाख ६ गते गौशाला नगरपालिकामा रिले अनसन गर्ने ।

ताजा अपडेट

खोजी गर्नुहोस