समाज विकास केन्द्र महोत्तरीद्वारा एकडारा र सम्सीमा आवश्यक सामाग्री बितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र ३१, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
समाज विकास केन्द्र महोत्तरीद्वारा एकडारा र सम्सीमा आवश्यक सामाग्री बितरण

धर्मेन्द्र कुमार यादव-महोत्तरी,
समाज विकास केन्द्र महोत्तरीद्वारा महोत्तरीको एकडारा गाउपालिका र सम्सी गाउपालिकामा आवश्यक व्यापार गर्न प्रोत्साहन हुने गरी सोमबार विभिन्न सामग्री बितरण गरिएको छ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा जिल्लाको एकडारा गाउँपालिका वाडा नं ५ र ६ त्यस्तै सम्सी गाउँपालिकाको वाडा नं १ र २ मा विभिन्न किसिमका सामाग्रीहरु बितरण गरिएको छ। लक्षित वाडामा अती गरीब, बिपन्न RC परिवारका अभिभावकहरु को अवस्था विश्लेषण गरी आवश्यक व्यापार गर्न प्रोत्साहन हुने गरी सामग्री सहयोग गरिएको कुरा समाज विकास केन्द्र महोत्तरीका कार्यक्रम संयोजक शेख अर्शाद ले जानकारी दिनु भएको छ।

समाज विकास केन्द्र महोत्तरी द्वारा एकडारा गाउँ पालिकाको ८ घर धुरी लाई ठेला रिक्शा साथै चौमिंङ बनाउन ग्यास सिलिन्डर, कडाही, प्लेट इत्यादी त्यस्तै ६ घर धुरी लाई किराना पसलमा किराना सामग्री सहयोग तथा १८ घर धुरी लाई बाख्रा र बाख्रा को खोर बनाउन बाँस र जस्ता पाता सहयोग साथै फ्रिज सहयोग गरिएको छ।

त्यस्तै सम्सी गाउँ पालिकामा स्पोंसोर्शिप कार्यक्रम र पोषण तथा उतान्शिलता जीविकोपार्जन कार्यक्रम रहेको साथै ३ घर धुरीलाई फलफुल व्यापार गर्न फलफुल सहयोग गरिएको छ।

यस्ता साना स्वरोजगार ले अति गरिब बिपन्न परिवारलाई जीविकोपार्जनमा ठुलो सहयोग हुने र आफ्नो घर परिवार चलाउन सहयोग हुने र आत्मा निर्भर भई अगाडी बढ्ने कुरा समाज विकास केन्द्र महोत्तरीका अध्यक्ष मो. नईम अन्सारीले बताउनु भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस