गुजरामा सामुदायिक भवनको गरियो शिलान्यास

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख ४, शनिबार (४ साल अघि)
  • २ पटक पढिएको
गुजरामा सामुदायिक भवनको गरियो शिलान्यास


राजेश पासवान । रौतहट । बैसाख ०४ गते
गुजरा नगरपालिका वडा नं ९ मा सामुदायिक भवनको एक कार्यक्रम बिच शिलान्यास गरिएको छ। भवनको शिलान्यास रौतहट जिल्लाको गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल प्रसाद चौधरी र नगर कार्यपालिका को सदस्य पुनित रामले संयुक्त रुपमा सो भवनको शिलान्यास गरेको हो।

नगरकार्यपालिका सदस्य पुनित रामको योजनाबाट रु।दशलाख को लागतमा,आगामी असाढ मसान्तसम्म भित्रमा सो भवनको निर्मनण हुने कार्यपालिका सदस्य रामले बताए ।

सो कार्यक्रममा नगर प्रमुख सन्तलाल प्रसाद चौधरी,वडा ९ को अध्यक्ष दिपेन्द्र पनोहर,कार्यपालिका सदस्य रामबाबु साह,वडा सदस्य बलिराम चौधरी,समाजसेवी सुजित चौधरी ,समाजसेवी मनोज चौधरी र जसपा पार्टीको गुजरा नगरपालिका को नगर कमिटी अध्यक्ष अनुठा धामी लगायत स्थानीय बासी,भद्रभलादमी, बुद्धिजीवी ,समाज सेवि,युवाहरु तथा सर्वसाधारणहरु सहभागीता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस