कटहरिया ३ मा वाइसिएलको वडा कमिटी गठन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख ५, आईतबार (४ साल अघि)
  • ३ पटक पढिएको
कटहरिया ३ मा वाइसिएलको वडा कमिटी गठन


रौशन चौधरी । कटहरिया । बैशाख ०५ गते
आज शनिवार रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं ३ मा वडा कमिटी गठन गरिएको छ । प्रमुख अतिथि समाजसेवी यूवा नेता एवं माओवादी केन्द्रका नेता नसरूदिन अंसारी, बिशिष्ट अतिथि पूर्व नगर संयोजक जावेद आलम, वडा संघर्ष संयोजक वकिल कुशवाहा,, समाजसेवी यूवा नेता किशोरी साह लगायतको व्यक्तिहरूको उपस्थितिमा पदाधिकारी चयन गरिएको छ । नगर संयोजक नागेन्द्र साहको अध्यक्षतामा वाइसिएल वडा कमिटी गठन गरिएको छ । वडा नेकपा माओवादी केन्द्रका सहायक संगठन वाइसिएलको वडा संयोजक दिलिप यादव, सह संयोजक, रामप्रवेश पासवान, कोषाध्यक्ष आमोद साह,सचिव नाजुर आलम, सह सचिब सचिनदर राम, सदस्य अजय पासवान, राजु कुमार पासवान, चन्द्रकेत यादव, संदिप कुमार साह, लगायात व्यक्तिहरू सदस्य पद मा चयन हुनु भएको छ । छनौट भएका उक्त पदाधिकारीहरू लाई हार्दिक बधाई एवम् कार्यकाल सफलताको लागि शुभकामना समेत समाज सेवी यूवा नेता नसरुद्दीन अंसारीले दिनुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस