नेपाल(भारत मैत्री संघको केन्द्रिय कार्यसमितिको शपथ ग्रहण सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख ५, आईतबार (४ साल अघि)
  • ४ पटक पढिएको
नेपाल(भारत मैत्री संघको केन्द्रिय कार्यसमितिको शपथ ग्रहण सम्पन्न


नविन यादव । सप्तरी । राजविराज । वैशाख ५ गते
नेपाल(भारत मैत्री संघको केन्द्रिय कार्यसमितिको नव निर्वाचित सदस्यहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौं स्थित गौशालामा हिजो शुक्रबार सम्पन्न कार्यक्रम परराष्ट मन्त्री प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको शैलेन्द्र मोहन झाले जानकारी गराउनुभयो ।

कार्यक्रमका सहभागीहरुले सिमा लगायत कतिपय नमिलेका सन्धि सम्झौता बारे बिश्वासका साथ छलफल गरेर जान सके समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी वरिष्ठ उपाध्यक्ष शैलेन्द्र मोहन झाले दुई देश बीचको सम्बन्ध अदभूत सम्बन्ध हो।दुबै देश बिचको सांस्कृतिक समानता गोड गिप्टेड हो।नेपाल(भारतको सम्बन्ध पशुपति देखी तिरुपती सम्मको सम्बन्ध हो भन्नुभयो ।

सुचना तथा प्रविधि मन्त्री पार्वत गुरुङको विशिष्ट आतिथ्य तथा खगेन्द्र कार्की,डा।रामहरि लामिछाने लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस