रौतहटमा सोमबार थुनुवा सहित थप ७ जनामा कोरोना संक्रमण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख ७, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
रौतहटमा सोमबार थुनुवा सहित थप ७ जनामा कोरोना संक्रमण


रौतहट । बैशाख ०६ गते
रौतहटमा आइतवार थप ७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । आइतवार सम्मको तथ्याङक अनुसार थप ७ जनामा कोरोना देखिएको गौर अस्पताल पिसिआर लैबका फोकल पर्सन अनुठा यादवले जानकारी गराउनु भएको हो । सोमबार थप ७ जनासहित रौतहटमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । जिल्ला अस्पताल रौतहट गौरले आज कोरोना भाइरस सम्वन्धि दिइएको दैनिक जानकारी अनुसार १६ जनाको पिसिआर जाँच गर्दा ७ जना पोजेटिभ र ९ जनामा निगेटिभ देखिएको जनाएको हो । संक्रमित हुनेहरुमा जिल्ला प्रहरी कार्यालयका ५ जना थुनुवा , गौर नपरपालिका ५ का २ जना रहेको अस्पताल स्रोतले जनाएको हो ।
रौतहटमा कोरोना संक्रमित बढदै जाँदा पनि आइसोलेसन संचालनमा आउन सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस