महोत्तरीको गौशाला नगरपालिकामा नगरिक आरोग्य सेवा केन्द्रको नाममा ठगी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख ११, शनिबार (४ साल अघि)
  • ४ पटक पढिएको
महोत्तरीको गौशाला नगरपालिकामा नगरिक आरोग्य सेवा केन्द्रको नाममा ठगी


धर्मेन्द्र कुमार यादव । महोत्तरी । बैशाख ११ गते
महोत्तरीको गौशाला नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र केहिदिन अगाडी मात्र स्थापना भएको हो । जुन असहाय विपन्न परिवारका लागि कुनै पनि रोगको आयुर्वेद औषधिद्वारा उपचार गर्ने उद्देश्य राखी गौशाला नगरपालिकाको पुरानो भवनमा संचालनमा भइरहेको छ । जहा २३ प्रकारको आयुर्वेदिक औषधि निशुल्क रुपमा प्राप्त गर्न सकिन्छ तर हाल त्यसको उल्टो प्रभाव भएको पनि देखिएको छ ।

सेवा ग्राहीलाई औषधि छैन भन्दै रु।१ हजार देखि ५ हजार सम्म लिने गरेको सेवाग्राहिहरुले गुनासो गरेका छन् ।

डा।प्रकाश कुमार झाले भनेका छन्,ूमैले नगरपालिकामा पटक पटक औषधिको माग गरेपनि कुनै सुनुवाई भएको छैन र उल्टै नगरपालिकालाइ घेराउ गर्न आएको भनेर आरोप पनि म माथि लगाएका छन् । जबकी पहिलो चरणमा ४ लाख बराबरको औषधि ३० दिन पनि पुगेको थिएन तर अहिले जम्मा ३ लाख बराबारको औषधिमा ४ महिना पुर्याउनु पर्नेछ भनेर नगरले आदेश दिएको छ । कसरी म सेवा ग्राहीलाई सेवा दिन सक्छु ।ू

एउटा कुकर किन्ने क्षमता नगरपालिकाको नरहेको सेवा केन्द्रका कार्यालय सहयोगीले बताएका छन् ।

त्यस्तै एक सेवा ग्राही बिमला देवीले भनेकी छन ,ूएक त औषधि छैन डा।ले भन्छन पैसा दिनु म किनेर ल्याइदिन्छु र डा।ले सेवा ग्राहीसंग सम्बन्धित कुरा भन्दा अन्यत्र कुरामा व्यस्त रहेका हुन्छन ।ू

यस्तै अन्य सेवा ग्राहिहरुले पनि गाली र गुनासो गर्दै सेवा केन्द्रबाट फर्किने गरेको पाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस