नेकपा माओवादी केन्द्रले कटहरिया र मौलापुर नगरप्रमुख लाइ पार्टी बाट गर्यो निष्कासन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख १४, मंगलबार (४ साल अघि)
  • ६ पटक पढिएको
नेकपा माओवादी केन्द्रले कटहरिया र मौलापुर नगरप्रमुख लाइ पार्टी बाट गर्यो निष्कासन


वर्तमानकाल समाचारदाता । बैशाख १४ गते
रौतहट जिल्लामा नेकपा माओवादी केन्द्रका २ नगर प्रमुखलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साह , कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुस्वाहा लाइ निष्कासन गरेको हो । वि.स. २०७४ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट वहाँहरु निर्वाचित हुनु भएको थियो । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच २०७५ साल जेठ ३ गते पार्टी एकिकरण भइ निर्वाचन आयोगले २०७५ जेठ २३ गते नेपाल कम्युनिष्ट पार्टी नेकपा कायम गराएको थियो । तर सर्वाेच्च अदालतले २०७७ फागुन २३ गतेको आदेशले उक्त पार्टी एकता कायम नगरि सावित कै छुट्टा छुट्टै पार्टी कायम भएको फैसला गरेको थियो । सो फैसला भइपश्चात रौतहटका २ जना नगर प्रमुख नेकपा माओवादी केन्द्र दलको प्रतिनिधित्व गर्नु पर्नेमा २ जनाले नै अन्य दल अर्थात नेकपा एमालेमा प्रबेश गरि उक्त दलको साधारण सदस्य स्वीकार गरी राजनितिक गतिविधिहरुमा संलग्न भइ नेकपा माओवादी केन्द्रको विधान तथा राजनितिक दल सम्बन्धि ऐनले तोकेको दायित्व जानी जानी उल्लङघन गरेकाले स्पष्टिकरण सोधिएको थियो । स्पष्टिकरण चित्त बुझ्दोे नआएकोले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले साधरण सदस्य समेत नरहने गरि पार्टी निष्कासन गरेको एक सुचनामा उल्लेख रहेको छ । कारवाहीमा परेका रौतहटका २ जना प्रमुखहरुले दल त्याग गरेकाले नेकपा माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको माओवादी केन्द्रले जनाएको छ । नेकपा माओवादी केन्द्रले गत आइतबार नै रौतहटका ५ जना उपप्रमुखलाई समेत पार्टी निष्कासन गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस