बाराको करैयामाई गाउँपालिकाको नयाँ हाकिमको रुपमा सुरेन्द्र प्रसाद यादव

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख १५, बुधबार (४ साल अघि)
  • ४ पटक पढिएको
बाराको करैयामाई गाउँपालिकाको नयाँ हाकिमको रुपमा सुरेन्द्र प्रसाद यादव


दिपेन्द्र जयसवाल,बारा,बैशाख १४
बाराको करैयामाई गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय करैया बारामा प्रमुख प्रशासकिय अधिकृतको रूपमा सुरेन्द्र प्रसाद यादव हाजिर हुनु भएको छ । उहाँलाई एक कार्यक्रमको बिच करैयामाई गाउँपालिकामा कार्यरत विभिन्न शाखाका प्रमुखहरू, कर्मचारीहरूले फुलमाल लगाई उहाँलाई कार्यालयमा स्वागत गर्नु भएको हो ।

उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष भुनेश्वर धामी ,गाउँपालिका उपाध्यक्ष चित्ररेखा कुमारी चौधरी, गाउँपालिका भित्र रहेका आठ वटै वडाका वडा अध्यक्षहरु, गाउँ कार्यापालिका सदस्यहरु, गाउँपालिकाका सम्मपूर्ण कर्मचारीहरुको समेत उपस्थिति रहेको कार्यक्रममा सबैले अविर र फूलमाला सहित उहाँलाई स्वागत गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस