आगोमा जलेर महोत्तरीको एक बालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख १६, बिहिबार (४ साल अघि)
  • ५ पटक पढिएको
आगोमा जलेर महोत्तरीको एक बालकको मृत्यु


धर्मेन्द्र कुमार यादव । महाेतरी । बैशाख १६ गते
महोत्तरीको एक बालकको आगोमा जलेर मृत्यु भएको छ।मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ का श्रवण यादवका सातमहिने छोरा आकाशकुमार यादव रहेका छन्।मंगलबार राति ९ बजेतिर श्रवणको घरमै रहेको भुइँमा लगाइएको ओछ्यानमा बालक सुतिरहेको समयमा ओछ्यान नजिकै दियो बालेर राखिएको थियो। बालकले हातगोडा चलाउँदा लडेर ओछ्यानमा आगो सल्किएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन्। आगोले शरीरको दाहिने भाग जलेर बालक गम्भीर घाइते भएका थिए। घाइते बालकलाई उपचारका लागि राति नै प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस