टिपरको ठक्करबाट घाइते खङ्गको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख १६, बिहिबार (४ साल अघि)
  • ४ पटक पढिएको
टिपरको ठक्करबाट घाइते खङ्गको मृत्यु

नवीन यादव । सप्तरी राजविराज । बैशाख १५ गते
टिपरको ठक्करबाट घाइते उपचाररत देव नारायण खङ्गको मृत्यु भएको छ।
सप्तरी सप्तकोशी नगरपालिका–९ निवासी देवनारायण खङ्गको आज बिहान मृत्यु भएको हो। नोबेल अस्पताल विराटनगरमा उपचाररत ५६ वर्षीय खङ्गको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । मृतकका साला पञ्चदेव खङ्गका अनुसार खङ्गको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । मृतक सप्तरीको साविक कमलपुर गाविस–२ का पूर्व सदस्य हुन् ।

सप्तरीको कञ्चनरूप नगरपालिकास्थित पडेमारा धार नजिक यही वैशाख ५ गते ना५ख ७५१७ नंको टिपरले साइकलमा सवार खङ्गलाई ठक्कर दिएको थियो । घाइते खङ्गको नोबेल अस्पतालमा उपचार भइरहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस