महोत्तरीका विभिन्न स्थानमा बली चढाउनमा रोक, अटेरी गर्नेलाई १ महिना जेल

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख १८, शनिबार (४ साल अघि)
  • ४ पटक पढिएको
महोत्तरीका विभिन्न स्थानमा बली चढाउनमा रोक, अटेरी गर्नेलाई १ महिना जेल

धर्मेन्द्र कुमार यादव । महोत्तरी । बैशाख १७ गते
विश्व व्यापीरुपमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारन महोत्तरीमा नित्य पुजा बाहेक पुजाका सबै कार्यक्रम तथा बलि प्रदान गर्नमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले शुक्रवार एक सूचना जारी गर्दै बलि प्रदानमा समेत रोक लगाएको जनाएको छ ।बलि प्रदान गर्नमा रोक लागाइएको शक्ति पिठहरुमा बलवा नगरपालिका स्थित कारिक स्थान, पिपरा गाउँपालिका स्थित बौधिमाई मन्दिर, सम्सी गाउँपालिका स्थित अनहेरभाट स्थान लगायतका धार्मिक स्थलहरुमा दर्शनार्थीहरुको अत्याधिक भिड भई कोरोना संक्रमण बढ्ने अवस्था देखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि नित्य पुजा बाहेक अन्य पुजा रोकिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भटराईले जानकरी दिए । उनका अनुसार अटेरी गर्नेलाई स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस