सप्तरीमा तपाईंको माक्स खै ? अभियान

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख २१, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
सप्तरीमा तपाईंको माक्स खै ? अभियान


नवीन यादव । सप्तरी । बैशाख २० गते
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि “तपाईको माक्स खोइ”? अभियान अन्तर्गत वाइ सि एल नेपाल सप्तकोसी नगरकमिटि ले सोमबार छ सय माक्स वितरण गरेको छ ।कोरोना भाइरसको विश्वभरी फैलिएको दोश्रो लहर (भेरियन्ट) कोभिड–१९ महामारी संक्रमण रोकथाम र नियन्त्रणका लागि वाइ सि एल नेपाल सप्तकोसी नगर कमिटि को आयोजनामा मास्क नलगाई हिंड्ने सर्वसाधारण , यात्रु, सवारी चालकलाई निःशुल्क मास्क वितरण गरिएको हो ।आज मास्क वितरण गर्दै सचेतना फैलाउने काम गरिएको वाइ सि एल नेपाल केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज एजेट लामा ले बताए ।कोरोनाको दोश्रो लहर चलेको बेला दिनानुदिन संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मापदण्ड पालना गर्न र मास्क प्रयोग गर्न सवैमा सचेतनाका लागि अभियान थालिएको लामा ले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस