राष्ट्रिय युवा संघ नेपाल, सप्तकोसी नगर कमिटिद्वारा निशुल्क माक्स वितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख २१, मंगलबार (४ साल अघि)
  • ६ पटक पढिएको
राष्ट्रिय युवा संघ नेपाल, सप्तकोसी नगर कमिटिद्वारा निशुल्क माक्स वितरण


नवीन यादव । सप्तरी । बैशाख २० गते
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय युवा संघ नेपाल, सप्तकोसी नगर कमिटि सप्तरीको आयोजनामा फत्तेपुर बजारमा “तपाईको माक्स खोइ”? अभियान अन्तर्गत सोमबार पाँच सय माक्स वितरण गरिएको छ । कोरोना भाइरसको विश्वभरी फैलिएको दोश्रो लहर (भेरियन्ट) कोभिड–१९ महामारी संक्रमण रोकथाम र नियन्त्रणका लागि राष्ट्रिय युवा संघ नेपाल सप्तकोसी नगर कमिटि को आयोजनामा मास्क नलगाई हिंड्ने सर्वसाधारण , यात्रु, सवारी चालकलाई निःशुल्क मास्क वितरण गरिएको हो । आज मास्क वितरण गर्दै सचेतना फैलाउने काम गरिएको र भोलिदेखि मास्क नलगाई हिँडडुल गर्नेलाई सचेत गराउने राष्ट्रिय युवा संघ नेपाल सप्तकोसी नगर कमिटि अध्यक्ष अजय श्रेष्ठ ले जानकारी दिए। कोरोनाको दोश्रो लहर चलेको बेला दिनानुदिन संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मापदण्ड पालना गर्न र मास्क प्रयोग गर्न सवैमा सचेतनाका लागि अभियान थालिएको श्रेष्ठले बताए । त्यसैगरी कोरोना नियन्त्रणको अभियानमा सबै एक जुटभएर लाग्नु पर्ने सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न समेत आग्रह गर्दे सवैको सहयोगले मात्र कोरोना नियन्त्रण गर्न संभव रहेको राष्ट्रिय युवासंघ नेपाल सप्तकोसी नगर कमिटि सचिब नबराज अधिकारी ले बताए । अनिवार्य रुपमा माक्स लगाई यात्रा गर्न र अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र निस्कनै परे अनिवार्य माक्सको प्रयोय गरी सामाजिक दुरी कायम गर्न सर्वसाधारणलाई आह्वान गरिएको अधिकारीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस