गुगलले भूकम्पको पूर्व सूचना दिने प्रणाली उपलब्ध गराउने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख २१, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
गुगलले भूकम्पको पूर्व सूचना दिने प्रणाली उपलब्ध गराउने

वासिङटन ः
विश्व विख्यात अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भूकम्पबारे पूर्व सूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध गराउने भएको छ। पूर्व सूचना प्रणाली सञ्चालनका लागि आवश्यक तयारी भइरहेको सो कम्पनीले केही दिन अगाडि घोषणा गरेको हो । तार विहिन प्रणालीमार्फत् एन्ड्रोएड मोबाइल फोनमा भूकम्पसम्बन्धी पूर्व सूचना प्राप्त गर्न सकिने व्यवस्था गरिएको कम्पनीका अधिकारीहरूले जानकारी दिएका छन् । विश्वव्यापी बनाउन सकिने यस प्रणाली प्रभावकारी हुने र विश्वभरी नै माग बढ्ने उनीहरूले विश्वास व्यक्त गरेका छन् । भूकम्पबाट बर्षेनी लाखौँ मानिसको मृत्यु हुँदै आएकोले यो प्रणाली प्रयोगमा आएपछि भूकम्पका कारण मृत्यु हुनेहरूको सङ्ख्यामा ठूलो मात्रामा कटौती हुने उनीहरूको भनाइ छ । मोबाइलमा सूचना प्राप्त गर्न चाहेको ठाउँ छनौट गर्न मिल्ने व्यवस्था राखिने र सोही अनुसार छनौट गरिएको ठाउँहरूको मात्रै जानकारी आउने बनाइएको छ। यस प्रणालीको प्रयोग गर्न नचाहनेले त्यो प्रणाली बन्द गर्न पनि सक्ने व्यवस्था गरिएको छ । अहिले सुरुमा अमेरिका, ग्रीस, न्युजील्याण्डलगायतका देशहरूमा मात्रै यो प्रणालीमार्फत् सूचना प्राप्त हुने भएका छन्। विस्तारै अन्य देशहरुमा पनि यो प्रणाली विस्तार गरिने गुगलले जनाएको छ। –रासस

ताजा अपडेट

खोजी गर्नुहोस