विश्वव्यापी रूपमा फैलिएको दोश्रो लहरको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण फैलन सक्ने भन्दै कोरोना भाइरस रोकथाम,

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख २३, बिहिबार (४ साल अघि)
  • ४ पटक पढिएको
विश्वव्यापी रूपमा फैलिएको दोश्रो लहरको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण फैलन सक्ने भन्दै कोरोना भाइरस रोकथाम,


दिपेन्द्र जयसवाल,बारा । बैशाख २३

विश्वव्यापी रूपमा फैलिएको दोश्रो लहरको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण फैलन सक्ने भन्दै कोरोना भाइरस रोकथाम, अनुगमन तथा व्यवस्थापन समन्वय समितले निजगढ नगरपालिकाका रहेका दैनिक उपभोग्य सामाग्री तथा खाद्यान्न विक्रेताका पसलहरु बिहान ६ बजे देखि बिहान ११ बजे सम्म मात्रै खोल्ने निर्णय गरेको छ ।
निजगढ नगरपालिकाको बसेको कोरोना भाइरस रोकथाम, अनुगमन तथा व्यवस्थापन सम्वन्य समितको बैठकले सो निर्णय गरेको हो । समितका संयोजक मेयर सुरेशकुमार खनालको सभापतित्वमा सम्पन्न भएको बैठकले ४ बुदे निर्णय गरेको छ ।
त्यस्तै बैठकले औषधी उपकरण बिक्री गर्ने बाहेकका हाट बजार, मेला, जात्रा जस्ता भिडभाड हुने कार्यक्रम गर्न नपाइने, दैनिक उपभोग्य बस्तु बिक्रीका लागि खाद्यान्न, सागसब्जी, माछामासु, पसल शनिबार बाहेक प्रत्येक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र सञ्चालन गर्ने उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस