रमजानको सुखद अवसरमा मुश्लिम समुदायलाई नेकपा एमालेका नेता झा द्वारा अबतारीको समाग्री बितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख २६, आईतबार (४ साल अघि)
  • ४ पटक पढिएको
रमजानको सुखद अवसरमा मुश्लिम समुदायलाई नेकपा एमालेका नेता झा द्वारा अबतारीको समाग्री बितरण


नन्दभूषण श्रीवास्तव । बैशाख २५ गते
रौतहटको दुर्गाभगवती गाउपालिकाको वडा नं २ भलोहियामा मुश्लिमहरुको महान पर्व रमजानको अबसरमा अबतारी गर्न खाद्यान्न समाग्री तथा मास्क र सेनेटाइजर बितरण गरिएको छ । नेकपा एमालेका युवा तथा समाजसेबी नेता रौशन कुमार झा को पहल तथा अगुवाइमा नेपाल मिल्लत परिषद केन्द्रले नेता झा मार्फत समाग्री बितरण गरेको हो। गाउँपालिकाको बडा नं २ भलोहियामा बसोवास गरिरहेका मुश्लिम समुदायलाई सेबइ, चिनी, खाने तेल, साबुन, मास्क, सेनिटाइजर लगायतका समानहरु बितरण गरिएको छ। सो समाग्री वितरण कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता नबिन कुमार सिंह, पुर्व उपाध्यक्ष भुवनेश्वर सहनी र युवा संचारकर्मी रुपक बर्मा लगायत सैकडौकों संख्यामा मुस्लिम समुदायको उपस्थिति रहेको थियो। आफु सबै धर्म र जातिको पहिचान तथा उत्थानका लागि लगातार सेबा गर्ने उद्देश्य रहेको युवा नेता रौशन कुमार झा ले बताउनु भएको छ।युवा नेता झा को यस क्षेत्रमा लोकप्रियता बढ्दै गएको तथा मुश्लिम समुदायको अगुवाहरुले धन्यवाद तथा आभार प्रकट समेत गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस