पश्चिम नवलपरासीमा एक मिनी ट्रक सहित दश लाख ७२ हजार मुल्य बराबरका अवैध मालसामान बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ १०, सोमबार (४ साल अघि)
  • ३ पटक पढिएको
पश्चिम नवलपरासीमा एक मिनी ट्रक सहित दश लाख ७२ हजार मुल्य बराबरका अवैध मालसामान बरामद


उर्मिला यादव यात्री जेठ १०
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले अवैध कारोवारमा संलग्न एक मिनी ट्रक सहित दश लाख ७२ हजार मुल्य बराबरका अवैध मालसामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले परासीबाट सुनवल तर्फ जादै गरेको टाटा कम्पनीको अन टेस्ट मिनी ट्रकलाई शंका लागेर चेकजाँच गर्दा भन्सार छली अबैध रुपमा लुकाई छिपाई राखेर लैजादै गरेको २४ बोरा ९१२ क्विन्टल० चिनी जिल्लाको सदरमुकाम परासीको बुद्धचोकबाट बरामद गरेको जनाएको छ । बरामद चिनीको अन्दाजी मुल्य ७२ हजार बराबर रहेको छ भने गाडीको अन्दाजी मुल्य १० लाख बराबर रहेको प्रहरीले जनाएको छ । बरामद भएको चिनी, मिनी ट्रक र गाडी चालकलाई आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस