रौतहटका पत्रकारहरूको बिमालेख गरिने,जेठ १६ गते भित्र कागजात बुझाउनुपर्ने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ ११, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
रौतहटका पत्रकारहरूको बिमालेख गरिने,जेठ १६ गते भित्र कागजात बुझाउनुपर्ने

रौशन चौधरी । रौतहट । जेठ ११ गते
रौतहटका पत्रकारहरूको लागि बिमालेख गरिने भएको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखाले आफना आवद्ध सदस्यहरुको लागि सगरमाथा इन्स्योरेन्स कम्पनी सँग सगरमाथा आरोग्य स्वास्थ्य बिमालेख गराउन गइ रहेको जानकारी गराएको छ । उक्त बिमा गराउन इच्छुक सदस्यहरुले आफ्नो नागरिकताको प्रतिलिपी तथा ब्यक्तिगत विवरण मिति २०७८ जेठ १६ गते भित्र नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यालयमा उप्लब्ध गराइ दिन हुन अथवा इमेल आइडी ालवचबगतबजबतद्दण्ठड२नmबष्।िअयm मा मेल गरि दिन हुन हार्दिक अनुरोध समेत गरिएको छ । समय सिमा भित्र आवस्यक कागजात उप्लब्ध नभए पछि बिमा सेवाबाट बन्चित भएमा सम्बन्धित सदस्य आफै जिम्मेवार हुने भनिएको छ । महासंघले गराउन लागेको उक्त बिमालेख अन्तर्गत ७ लाखको दुर्घटना बिमा , अस्पताल भर्ना भएर उपचार भएमा १ लाख सम्म उपचार खर्च तथा विभिन्न १८ प्रकारका संवेदनशील रोग लागेको भनी डाक्टरले प्रमाणित गरेमा १ लाख रुपैया इन्स्योरेन्स कम्पनिले ब्यहोर्ने महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले जानकारी गराउनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस