पौराइमाई कृषि सहकरी संस्थाले करिब २५० जनालाई आँप, लिच्ची, कटह, लगायतका बिरुवा निशुल्क वितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ १३, बिहिबार (४ साल अघि)
  • ४ पटक पढिएको
पौराइमाई कृषि सहकरी संस्थाले करिब २५० जनालाई आँप, लिच्ची, कटह, लगायतका बिरुवा निशुल्क वितरण

दिपेन्द्र जयसवाल,बारा जेठ १३ गते
बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर ७ पिपरा स्थित पौराइमाई कृषि सहकरी संस्थाले करिब २५० जनालाई आँप, लिच्ची, कटहर, कागती र अम्बा लगायतका बिरुवा निशुल्क वितरण गरेको छ ।
बिश्वमा विभिन्न किसिमका प्रदूषणको कारण वातावरणमा ठूलो असर परिरहेकोले मानव जाती रोगी र बिरामी भई अकालमा नै ज्यान गुमाइरहेका छ्न र सो वातावरणलाई पुन स्वच्छ राख्न , परिवर्तन गर्न बोट बिरुवाको आवश्यकता भएको उदेश्यका साथ करैयामाई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर धामीद्धारा वितरण गराइएको हो ।
कोरोना भाइरसको दोस्रो भेरियन्ट लगायतका रोगहरुबाट बच्नको लागि अक्सिजनको आवस्यकता पर्दछ र विभिन्न किसिमका बोट बिरुवाहरुबाट नै अक्सिजन प्राप्त हुने भएकोले वितरण कार्यक्रम आयोजना गरेकोले पौराइमाई कृषि सहकरी संस्थाका अध्यक्ष संजय धामी लगायत सम्पूर्ण कार्य समितीलाई गाउँपालिकाका अध्यक्ष धामीले आफ्ना मन्तव्यका क्रममा बधाई दिनु भएको छ । र यस्ता कार्यक्रमको लागि सदैव साथ र सहयोग दिने पनि प्रतिबद्धता गर्नु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस