सप्तरीमा हातमुख जोर्न समस्यामा परेका एक सय मुसहर परिवारलाई राहत वितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ १६, आईतबार (४ साल अघि)
  • २ पटक पढिएको
सप्तरीमा हातमुख जोर्न समस्यामा परेका एक सय मुसहर परिवारलाई राहत वितरण


सप्तरी– नबिन यादव जेठ १५ गते
सप्तरीको कञ्चनरुप नगरपालिकाका हातमुख जोर्न समस्यामा परेका एक सय मुसहर परिवारलाई राहत वितरण गरिएको छ । दोस्रो लहरको कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि जारी गरिएको निषेधज्ञाका कारण समस्यामा परेकालाई स्टोरीज अफ नेपाल समुदायको सहयोग र दलित सरोकार मञ्च नेपाल,कञ्चनरुप नगरपालिका–८,सप्तरीको समन्वयमा एक सय परिवार मुसहर समुदायलाई शनिबार राहत वितरण गरिएको हो । कञ्चनरुप नगरपालिका–५ पिप्रा,रामपुर पथरी र कञ्चनरुप नपा–४ बकालमा दैनिक मजदुरी गरेर खाने मुसहर समुदायलाई राहत वितरण गरिएको हो । राहतमा २५ किलो चामल,३ किलो दाल,२ लिटर तेल,३ किलो मुरही,२ केजी प्याज र सरसफाई र व्यक्तिगत सुरक्षाका लागि एक पकेट माक्स ९ ५० पिस०,६ ओटा हाथ धुनका लागि लाइफब्याय साबुन,६ वटा कपडा धुने साबुन,२ पकेट स्यान्ट्री प्याड र एक लिटर फिनेल वितरण गरिएको दलित सरोकार मञ्चका कार्यक्रम संयोजक सुनिल सरवरियाले बताए । दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न मुसहर समुदायलाई राहत वितरण गरिएका मञ्चका कार्यक्रम संयोजक सरवरियाले बताए । कोशी किनारमा रहेका उक्त गाउँका अधिकांश घरलगायत निर्माणको काममा खटिने मजदुर र कृषि क्षेत्रमा श्रम गर्ने मजदुर निषेधज्ञाका कारण समस्यामा परेको जानकारी पाएपछि राहत वितरण गरिएको सरवरियाले बताए । स्टोरीज अफ नेपालले विगत चार वर्षदेखी मुसहर समुदायलाई सहयोग गर्दै आएको छ । राहत वितरणमा दलित सरोकार मञ्चका लेखा अधिकृत अमित गुप्ता,कार्यक्रम सहायक अनिताकुमारी खंग,रामपुर पथरी यूवा जीवन यादबले स्वयमसेवी भएर सहयोग गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस