छिमेक लघुवित वितिय संस्था द्धारा गरुडा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ १८, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
छिमेक लघुवित वितिय संस्था द्धारा गरुडा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग


रौशन चौधरी । गरुडा । जेठ १८ गते
रौतहटको जिल्लाको गरुडामा रहेको एक वितिय संस्थाले गरुडा नगरपालिका लाइ सहयोग गरेको छ । छिमेक लघुवित वितिय संस्था गरुडा शाखा द्धारा प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरिएको हो । आज मंगलवारका दिन गरुडा नगरपालिकामा नै पुगेर बैंकमा पदाधिकारीहरुले आर्थिक सहयोगको चेक हस्तान्तरण गरेका थिए । नगर प्रमुख इन्नु राय यादवकै कार्यकक्षमा गरुडा शाखाका प्रबन्धक रासनारायण महतो र छिमेकी बैंकको क्षेत्रिय अनुगमन कर्ता ज्ञानेश्वर प्रसाद सोनारले बैंकको तर्फ बाट चेक हस्तान्तरण गरेका थिए । छिमेकी बैंकले कोरोना माहामारीको दोस्रो लहर तिव्र रुपमा फैलिरहेको बेला नगर भित्रका कोरोना संक्रमितको लागि सहयोग स्वरुप १७ हजार बराबरको चेक आज हस्तान्तरण गरिएको गरुडा शाखा प्रबन्धक महतो जानकारी गराउनु भयो । सो अवसरमा छिमेकी बैंकका कर्मचारीहरु र नगरपालिका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस