सप्तरीका एक वरिष्ठ सञ्चारकर्मी दम्पतिले एक छाक राहत वितरण गरेर मनाइयो वैवाहिक वर्ष गाँठ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ १९, बुधबार (४ साल अघि)
  • ४ पटक पढिएको
सप्तरीका एक वरिष्ठ सञ्चारकर्मी दम्पतिले एक छाक राहत वितरण गरेर मनाइयो वैवाहिक वर्ष गाँठ


नबिन कुमार राजविराज, जेठ १८ गते ।
पछिल्लो समय निकै तामझमका साथ बैवाहिक वर्षगाँठ मनाउने चलन देखिएको छ । केक काटेर भव्य भोज भतेर गरेर खुशीयालीसाथ वर्षगाँठ मनाउने गरेको सर्वत्र देखिन्छ । तर, सप्तरीका एक वरिष्ठ सञ्चारकर्मीले त्यो भन्दा फरक शैलीमा आफ्नो वैवाहिक वर्षगाँठ मनाइएर उदाहरण प्रस्तुत गरेको छ । आफ्नो विवाहको १९ वर्षगाँठको अवसरमा एक छाक राहत सामग्री लिएर राजविराज नगरपालिका वार्ड नम्बर ६ स्थित एक बस्तिमा पुगे । कोभिड–१९ नियन्त्रण तथा रोकथामको लागि जारी निषेधाज्ञाबाट अति प्रभावित सो वार्डका उक्त वस्तिका गरिब, विपन्न, दैनिक ज्यालादारी मजदुर एकल महिला गरी ५० परिवारलाई एक छाक राहत वितरण गरेर नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष तथा गोरखापत्र दैनिकका सम्वाददाता धीरेन्द्रप्रसाद साह र उहाँकी पत्नी शिक्षिका सुनिताकुमारी साहले वैवाहिक वर्ष मनाइएका हुन । निषेधाज्ञा जारी भएयतादेखि सामाजिक अभियन्ता तथा राष्ट्रिय एकता अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिता साह र अभियानका सप्तरी प्रमुख रमिलादेवी साहले अभियानकै रुपमा वितरण गर्दै आएको एक छाक राहत कार्यक्रम मार्फत नै साह दम्पतिले भोतभतेरको खर्च काटेर राहत वितरण गरेको बताइएको छ । दम्पति साहले ज्ञण्ण् किलो चामल, सोही अनुपातमा आलु, दाल, नून सहयोग गर्नु भएको अभियानी रमिलाले बताइन । एक छाक राहत सामग्री अन्तर्गत दुई किलो चामल, दाल, आलु र नून दिने गरेको उनले बताइन । यस राहतले एक परिवारमा औषत पाँच जनाको दरले दुई सय पचास जना लाभान्वित भएको उनको कथन छ ।

ताजा अपडेट

खोजी गर्नुहोस