रौतहटको इशनाथमा अनुमति बिना दातृ निकायहरुले कार्यमा रोक

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ १९, बुधबार (४ साल अघि)
  • ३ पटक पढिएको
रौतहटको इशनाथमा अनुमति बिना दातृ निकायहरुले कार्यमा रोक


उपेन्द्र गोले रौतहट १८ जेठ ।
रौतहटको इशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहताले नगरपालिकासँग अनुमति र सहकार्यका मात्र नागरिहरुसँग प्रत्यक्ष सरोकार राख्ने कार्य गर्न अपिल गर्नु भएको छ । कोरोना महामारीमा आम नागरिकहरुको जीवन रक्षा गर्न आफ्नो नगरपालिकामा विभिन्न दातृ संस्थाहरुले नगरपालिकाको अनुमति तथा सहकार्य बिना कुनै पनि कार्यक्रम नगर्न र नगराउन नगर प्रमुख सन्तोष मेहताले अनुरोध गर्नु भएको छ । महामारीको मौका छोपी विभिन्न दातृ निकाय , संघसंस्थाहरुले आफ्नो स्वार्थपुर्तिका लागी सोझासाझा गरिव निमुखा नागरिकहरुलाई प्रलोभनमा पारी वितरणमुखि कार्यक्रमहरु सञ्चालन गरेको आफुलाई जानकारी प्राप्त भएको जनाउनु हुदै त्यस्ता कार्यक्रमहरु नगरपालिकाको अनुमति वा सहकार्यमा मात्र गर्न नगर प्रमुख सन्तोष मेहताले दातृ संघसंस्थालाई अनुरोध गर्नु भएको छ । नगरपालिकाको अनुमति वा सहकार्य बिना त्यस्ता कार्यक्रम सञ्चालन गर्नमा रोक लगाइएको मेहताले बताउनु भयो । यो महासंकटको मौका छोपी बजारमा विभिन्न गैर खाद्यबस्तु , म्याद समाप्त भएका खाद्यान्नहरु विक्रिवितरण हुन सक्ने हुदा नगर क्षेत्रका नागरिहरुलाई सचेत रहन अपिल पनि गर्नु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस