बाराको सिम्रौनगढ नगरपालिकामा नव निर्मित नगर अस्पतालको नगरप्रमुख विजयशङ्कर यादवले उद्घाटन गरेका छन्।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ २२, शनिबार (४ साल अघि)
  • ५ पटक पढिएको
बाराको सिम्रौनगढ नगरपालिकामा नव निर्मित नगर अस्पतालको नगरप्रमुख विजयशङ्कर यादवले उद्घाटन गरेका छन्।


दिपेन्द्र जयसवाल,बारा जेठ २१ गते
बाराको सिम्रौनगढ नगरपालिकामा नव निर्मित नगर अस्पतालको नगरप्रमुख विजयशङ्कर यादवले उद्घाटन गरेका छन्। नव निर्मित नगर अस्पतालको उद्घाटन गर्दै सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख विजयशङ्कर यादवले प्रत्येक स्थानीय निकायमा एउटा अस्पताल अनिवार्य हुनुपर्ने सरकारी नीति भएपनि सिम्रौनगढमा अस्पताल निर्माणको लागि पटक–पटक माग गर्दा पनि सरकारी उदासीनता देखिएको उनले आरोप लगाएका छन्। उनले नगरवासीको हितमा नगरपालिकाले आन्तरिक स्रोतबाट नगर अस्पताल सञ्चालनमा ल्याएको बताएका छन्। उनले अहिले कोरोना महामारीको बेलामा नगरवासीले अस्पतालबाट सहज सेवा पाउने दाबी गरे। नगर अस्पतालमा पोषण कार्यक्रम, परिवार नियोजन र क्षयरोगी तथा कुष्ठरोगीको पनि उपचार हुने उनले जानकारी गराए। अस्पतालले २४सैं घण्टा सेवा दिने र सर्पदंशको उपचार तथा एम्बुलेन्स सेवाको पनि व्यवस्था मिलाउने उनले प्रतिबद्धता जाहेर गरे। प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसादले सिम्रौनगढ नपाले स्वास्थ्य क्षेत्रमा अहम् भूमिका निर्वाह गरेको दाबी गरे। उनले नगरवासीको स्वास्थ्यको ख्यालमा नगरपालिका सदैव गम्भीर रहेको बताए। उनले तत्काल १५ शय्याको अस्पतालमा १० वटा सामान्य तथा ५ वटा स्पेशल मोनेटरिङ शय्या सञ्चालन गरिने जानकारी गराए। उद्घाटन कार्यक्रममा वडाध्यक्ष सुमित जयसवाल, मन्जुर मियाँ, खुशीलालप्रसाद कुशवाहालगायतले मन्तव्य व्यक्त गरेका थिए। वडाध्यक्ष रमेश कुशवाहाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्वागत अस्पतालका प्रमुख डा जीतेन्द्र यादवले र सञ्चालन मडु यादवले गरेका थिए। रु ९५ लाखको लागतमा १२ कोठे नगर अस्पताल निर्माण सम्पन्न भएको जानकारी गराइएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस