कलैया सिटि जेसिसको आयोजनामा चुल्हो बाल्ने अभियान यस वर्ष पनि मिति २०७८/०२/१९ गते देखि शुभारम्भ गरिएको छ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ २२, शनिबार (४ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail


उपेन्द्र पासवान बारा, २१ जेठ
कलैया सिटि जेसिसको आयोजनामा चुल्हो बाल्ने अभियान यस वर्ष पनि मिति २०७८/०२/१९ गते देखि शुभारम्भ गरिएको छ । विश्वमा कोरोनाको दोस्रो भेरियन्टका कारण निषेधाज्ञा जारी भएको करिव १ महिना पुगेको छ । बन्दाबन्दीका कारण बिहान लुका काम गरेर खाने मजदुर तथा विपन्न परिवार यसको प्रत्यक्ष मारमा परेका छन् । यता सरकार भने कोरोना नियन्त्रणको नाममा निषेधाज्ञा बढाउने मात्र ध्याउन्नमा छ । बन्दाबन्दीका कारण गरिब तथा विपन्न परिवारको अवस्था र उनीहरुको समस्यामा मलम लगाउने तीर नभई सत्ता र कुर्सीमै केन्द्रित हुँदा श्रमिक वर्ग पीडामा परेका छन् । सरकार प्रधानमन्त्री कुर्चीको खेलमा दौडिरहेका छन् । मजदुर,गरिब वर्गको चुल्हो कसरी बल्यो होला भन्ने ध्यान यतिबेला सरकार, प्रधानमन्त्रीलाई छैन । छ त केवल प्रधानमन्त्री पद जान्छ की भन्ने चिन्ता मात्र । जनतालाई घरभित्र थुनेर सरकार राजनीति खिचातानीमै व्यस्त रहेपनि कलैया सिटि जेसिस कलैयाले भने गरिब तथा विपन्न परिवारको चुल्हो बाल्ने अभियानमा जुटेको छ । कोभिड १९ का कारण सरकारले निषेधाज्ञा जारी गरेपछि हातमुख जोर्न समस्यामा परेका परिवारको पहिचान गरी कलैया सिटि जेसिस कलैयाले राहत वितरणको कामलाई तिव्रता दिएको हो । कलैया सिटि जेसिस सन २०२१ का अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षतमा भएको उक्त कार्यक्रममा आज कलैया उपमहानगरपालिकाको वडा नं. १६ मा १८ जना अति विपन्न, गरीब, असहाय घरपरिवारलाई चामल १० केजी, दाल १ केजी, नुन १ प्याकेट, आलु २केजी, सोयाबिन ५०० ग्राम, खाने तेल १ प्याकेट, नुहाउने साबुन १ पिसको पाकेट वितरण गरिएको थियो। उक्त कार्यक्रममा शाखाका अध्यक्ष जेसी शभ्भु गुप्ता, नि. अध्यक्ष जेसी विपिन चौधरी, महासचिव जेसी पवन कुश्वाहा, त्यसैगरी मिडिया संयोजक जेसी मानिकचन साह, कोषाध्यक्ष जेसी सुबास जैसवाल, उपाध्यक्ष जेसी सन्दिप साह, आजीवन सदस्य जेसी बैजु दास, पुर्व उपाध्यक्ष जेसी राजेश महतो, बोर्ड सलाहकार जेसी अनिल कुशवाहा, सदस्यहरू जेसी सुरेन्द्र साह, जेसी रोशन श्रीवास्तव, जेसी अंकुश बायाहुत, जेसी अर्जुन गुप्ता लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजक जेसी अनिल कुशवाहाले गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस