वृन्दावनको वार्ड २ मा रामजानकी मन्दिरको गरियो शिलान्यास

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ २७, बिहिबार (४ साल अघि)
  • ५ पटक पढिएको
वृन्दावनको वार्ड २ मा रामजानकी मन्दिरको गरियो शिलान्यास


रौशन कुमार चौधरी । रौतहट । जेठ २६ गते
रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा रामजानकी मन्दिरको शिलान्यास गरिएको छ । सो नगरपालिकाको वडा नम्बर २ अन्तर्गत रहेको श्री राम जानकी मठको भित्र मन्दिर भवन निर्माणको लागि विधिवत् रूपमा शिलान्यास गरिएको हो । बुधबार एक कार्यक्रमका बिच वडाध्यक्ष सिकिन्द्र पटेलले शिलान्यास गर्नु भएको थियो । विश्रारम्पुर पुरानो बाजारमा सो रामजानकी मठ अवस्थित रहेको छ । वडा स्तरीय योजना सो मन्दिरको भवन ५ लाखको लागतमा निर्माण हुन लागेको वडाध्यक्ष सिकिन्द्र पटेलले जानकारी गराउनु भयो । सो अवसरमा मठका महन्त बाबा गोविन्द सहित स्थानीय भद्रभलादमी बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस