संचारकर्मी दोषीको कार्वाही माग गर्दै सर्लाहीमा बिरोध प्रदर्शन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ १३, आईतबार (४ साल अघि)
  • ५ पटक पढिएको
संचारकर्मी दोषीको कार्वाही माग गर्दै सर्लाहीमा बिरोध प्रदर्शन


राजिव शाह सर्लाही । असार १३ गते
सरकारले घरबेटीलाई संरक्षण गरेको र जातीय विभेद गर्नेलाई प्रोत्साहन गरेको भन्दै सर्लाहीमा पनि बिरोध प्रदर्शन भएको छ । संचारकर्मी रुपा सुनारको न्याय र दोषीको कार्वाहीको माग गर्दै सर्लाहीमा सदरमुकाम मलंगवामा बिरोध प्रदर्शन भएको छ । आइतबार सदरमुकाम मलंगवा स्थित सहिद चोकमा संयुक्त दलित संघर्ष समिति सर्लाहीले बिरोध प्रदर्शन गरेका छन् ।
शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको पुत्ला दहन गर्नुका साथै चर्को नारा सहित शिक्षा मन्त्रीको राजीनामाको माग समेत गरिएको
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवानले जानकारी दिनुभयो ।
बिरोध प्रदर्शन कार्यक्रममा जातीय विभेद बन्द गर ,मतियार मन्त्री राजिनामा दे ,रुपा सुनारलाई न्याय दे लगायत नारा का साथ बिरोध प्रदर्शन गरेका छन । विद्यार्थी नेता महेश पासवानको नेतृत्वमा भएको बिरोध कार्यक्रममा संयुक्त दलित संघर्ष समिति सर्लाहीका सदस्य राजन बैठा,प्रमोद पासवान ,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवान ,सचीव कामेश्वर पासवान ,दलित अधिकारकर्मी बिनोद राम ,मुरारी पासवान लगायत विद्यार्थीहरुको सहभागी रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस