राष्ट्रिय वृक्षारोपण २०७८ को परोहा नपामा गरियो उद्घाटन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ १५, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
राष्ट्रिय वृक्षारोपण २०७८  को परोहा नपामा गरियो उद्घाटन


कृष्णा तिवारी । रौतहट । असार १४ गते

राष्ट्रिय वृक्षारोपन दिवस २०७८ को अवसरमा आज परोहा नगरपालिकाको सभा हलमा प्रदेश वन निर्देशालय जनकपुरधामको आयोजनामा कृषि राज्यमन्त्री योगेन्द्र यादवले कार्यक्रम उद्घाटन गर्नु भएको छ ।
मधेशको लाईफलाईनको रुपमा चिनिएको हुलाकी राजमार्ग सडकको दुबै छेउमा बौधिमाई नगरपालिकाको वडा नं ८ स्थित रौतहट र बाराको सिमाना देखि परोहा नगरपालिका हुदै बमनहर सम्म सप्ताहि कार्यक्रमलाई एक अभियानको रूपमा शुभारम्भ गरिएको छ ।
कार्यक्रमका अध्यक्षता परोहा नपाका मेयर शेख वकिलले गर्नुभएको थियो भने कार्यक्रममा बिशिस्ट अतिथि जंगल सहिया साझेदारी वनका अध्यक्ष रामचन्द्र गिरी लगायत दर्जनौं व्यक्तित्वहरूको सहभागीतामा सडकपेटीको छेउमा वृक्षारोपन गरि अभियानलाई निरन्तरता दिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस