डाक्नेश्वरि नगरपालिकामा चलानि किताबले खालि अवस्थामा फेला।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ १५, मंगलबार (४ साल अघि)
  • ६ पटक पढिएको
डाक्नेश्वरि नगरपालिकामा चलानि किताबले खालि अवस्थामा फेला।

शुभ नारायण यादव सप्तरी ,१४ असार ।

मुलुकमा पछिल्लोपटक तीन तहको सरकार आएको छ , तर तीन तह मध्ये एउटा महत्त्वपूर्ण तह स्थानीय तहको सरकार पनि हो । तर भनिन्छ छोटा राजाहरुको आफ्ने मन छ ,ठिक यस्तै सप्तरीका अधिकाश स्थानीय तहहरुको अवस्था रहेको पाइन्छ । छोटा राजाहरु अर्थात स्थानीय तहमा जसलाई जति खेर जे मन लाग्यो त्यो गरिरहेको अवस्था रहेका छन । यसे क्रममा आज सप्तरीको डाक्नेश्वरि नगरपालिकामा दर्ता चलानि किताब खालि रहेको अवस्थामा फेला परेको छ । अहिले बर्षको समाप्ति महिना अर्थात असार महिनामा हचुवाको तालमा बिकास निर्माण लगायतका अति आवश्यक कामकाजहरु हुने गरेको अवस्थामा सप्तरीको डाक्नेश्वरि नगरपालिकाले कुन मन्सायले दर्ता चलानि किताब ने खालि छोडेर दर्ता चलानि गरिरहेको हो ,त्यो बुझ्न सकिएन । स्थानीय सरकार सन्चालन एेन नियमावलिमा दर्ता चलानि किताबमा खालि पाना छोडेर दर्ता चलानि गर्न नमिल्ने कानुनि व्यवस्था हुदा हुदे पनि सप्तरीको डाक्नेश्वरि नगरपालिकाले सो नियम उल्लघन गरि दर्ता चलानि किताबको केही पाना खालि छोडेर दर्ता चलानि गरेको तथ्य फेला परेका छन । डाक्नेश्वरि नगरपालिकाको दर्ता चलानि कितावमा दर्ता न। १४५४ देखि १४६० सम्मको कुनै दर्ता ने नगरिएको अवस्थामा फेला परेका छन । असार महिनाम आवश्यक कुनै पनि निर्णय गर्न सकिने तथा हचुवाको तालमा बिकास निर्माणलगायतका आवश्यक कामकाज गर्न र गराउने उदेश्यले सो दर्ता चलानि किताबको पानाहरु छोडिएर दर्ता चलानि गरिरहेको नगरपालिका स्रोतले जनाएको छ । स्रोतका अनुसार नेपालको कुने पनि कानुनमा यसरी दर्ता चलानि किताबको पाना खालि छोडेर अर्को दर्ता चलानि गर्न नसकिने नियम हुदा हुदे पनि सो निर्णय विपरीत डाक्नेश्वरि नगरपालिकाका मेयर ,उपमेयर सहित कर्मचारीहरुके मिलोमतोमा यसरि दर्ता चलानि किताब खालि राखेर गोप्य निर्णय गरि दर्ता चलानि गर्ने नियतले सो दर्ता चलानि किताब खालि छोडिएकाले त्यसको आवश्यक छानविन हुनुपर्ने माग स्थानीय सरोकारबालाहरुले गरेका छन । यता सो सम्बन्धमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुनिल निरोलासग सम्पर्क गर्दा उहाले मोबाइल रिसिभ गर्नु भएन । यसेबिच सो सम्बन्धमा डाक्नेश्वरि नगरपालिकाका मेयर शिव नारायण साहले यस्तो नियमले नमिल्ने भए पनि यस्तो भएको छ भने म बुझ्दे छु भनेर जवाफ दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस