सर्लाहीमा पनि बिभिन्न कार्यक्रम गरि राष्ट्रिय धान दिवस मनाईयो।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ १६, बुधबार (४ साल अघि)
  • ४ पटक पढिएको
सर्लाहीमा पनि बिभिन्न कार्यक्रम गरि राष्ट्रिय धान दिवस मनाईयो।


राजिव शाह सर्लाही,असार १५ गते
असार १५ अर्थात १८औं राष्ट्रिय धान दिवस सर्लाहीमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि राष्ट्रिय धान दिवस मनाइएको छ । कोरोना यो वर्ष ‘धान उत्पादनमा वृद्धि स् खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ विविध कार्यक्रममको आयोजना गरिएका छन् । सर्लाहीमा
नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल किसान महासंघ जिल्ला कार्य समिति सर्लाहीको आयोजना र हरिवन ९ को अत्यन्त सक्रिय जय सन्तोषि मां कृषि महिला समुहको व्यवस्थापनमा मंगलबार हरिवन नगरपालिका वडा न।९ को सूखेपोखरिमा राष्ट्रिय धान दिवस भव्य रुपमा मनाएका छन्। दिवसको अवसरमा हरिवन नगर भित्र क्रियाशिल बिभिन्न सामाजिक संघ संस्थाहरुले समेत धान दिवस मनाएका छन् ।
अहिले पनि नेपालको ७०५ जति जनसंख्या कृषि तथा पशुपालनमै निर्भर रहेका छन तर पनि नेपाल अझै कृषि सामाग्री तथा पशुजन्य पदार्थमा आत्मनिर्भर हुन् सकेको छैन । ९१०(२००५ जति मात्रै कृषि पेसामा निर्भर रहेका विकसित केही मुलुकहरुले ५०५ भन्दा बढी कृषि तथा पशुजन्य सामाग्री निर्यात गर्दै आएका छन । कृषिमा आधुनिकीकरण र यान्त्रिकरणको प्रयोगबाट मात्रै देशले लिएको ुकृषि नै समृद्धिको मुल आधारू भन्ने नारा पूरा गर्न सफल हुनेछ । सर्लाहीका विभिन्न ठाउमा कृषी सहकारी संस्थाहरुले धुमधामका साथ दिवस मनाएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस