सामाजिक सुरक्षा भत्ताको विरुद्धमा वीरगञ्जको वाणिज्य बैंकका कर्मचारी आन्दोलित भएका छन्।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ २१, सोमबार (४ साल अघि)
  • ६ पटक पढिएको
सामाजिक सुरक्षा भत्ताको विरुद्धमा वीरगञ्जको वाणिज्य बैंकका कर्मचारी आन्दोलित भएका छन्।

पवन प्रसाद साह वीरगञ्ज, असार २१ गते
सामाजिक सुरक्षा भत्ताको विरुद्धमा वीरगञ्जको वाणिज्य बैंकका कर्मचारी आन्दोलित भएका छन् ।

सामाजिक सुरक्षा कोषमा आफूहरुलाई जबरजस्ती आवद्ध गरी खाइपाइ आएको सेवासुविधा समेत कटौती हुने भन्दै यहाँ रहेका वाणिज्य बैंकका कर्मचारी आन्दोलित भएका हुन् ।

सामाजिक सुरक्षा कोष ऐन नियमावली तथा कार्यविधिमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरूले संयुक्त रुपमा पेश गरेका सुझावहरूको सम्बोधन नगरिएकोले आफुहरु विरोधमा उत्रिएको वीरगञ्ज बैंकर ग्रुपका अध्यक्ष नितेश खड्कीले बताए ।

कोषमा आवद्ध हुननसक्कीने ५ वटा कारण देखाउँदै बैंकरहरुले सोमबार दियालो लर्ड्स प्लाजा होटल छेउमा रहेको पूरानो बसपार्कमा केहि बेर नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए ।

योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको हुनाले र हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धीहरु समेत गुम्ने खतरा रहेको हुनाले उक्त योजनामा कदापी संलग्न हुन नसकिने ग्रुपका अध्यक्ष खड्कीले बताए ।

खड्कीका अनुसार कोषमा आबद्ध भएपछि आइएलएफ सम्धीमा भएको ब्यवस्था अनुसार सामूहिक सौदाबाजी गर्न पाइने छैन, यसअघि खाइपाइ आएको तलब घट्ने छ, सरकारी र निजी क्षेत्रका बैंकबीच विभेद सृजना हुनेछ ९सरकारी स्वामित्का तीन बैंक आबद्ध हुनुपर्दछ०, सामाजिक सुरक्षा कोष र निवृत्तिभरण कोष ल्याएर पुनः विभेद गरिने छ, सरकारी कर्मचारीलाई भन्दा निजी क्षेत्रका कर्मचारीलाई सुविधा कम हुनेछ ।

सरकारले सामाजिक सुरक्षा कोष लाद्न खोजेपछी केही पुराना बैंकरहरु राजिनामा दिएका छन् भने थप यस पेशबाट अलग हुने मनस्थितिमा पुगिसकेको एक बैंकरले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस