धनकौलको सातौं गाउँसभा समपन्न आव ०७८र०८९ को लागि ३५ करोड ४५ लाख ६७ हजार बजेट पारित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ २३, बुधबार (४ साल अघि)
  • ४ पटक पढिएको
धनकौलको सातौं गाउँसभा समपन्न आव ०७८र०८९ को लागि ३५ करोड ४५ लाख ६७ हजार बजेट पारित

राजिव शाह सर्लाही ,असार २२ गते
सर्लाहीको धनकौल गाउँपालिकाले १२ दिन ढिला भए पनि सातौं गाउँ सभा मंगलबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष राम आश्रय साहको अध्यक्षत तथा महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहको प्रमुखआतिथ्यता सम्पन्न सातौं गाउँ सभामा आर्थिक बर्ष २०७८र०७९ को लागि चालु तर्फ २३ करोड ७९ लाख ४० हजार र पूँजीगत तर्फ ११ करोड ६६ लाख २७ हजार रुपैयाँको बजेट पारित भएको छ । आव २०७८र०८९ को लागि जम्मा बजेट ३५ करोड ४५ लाख ६७ हजार पारित भएको गाउँपालिकाको कार्यालयले जनाएको छ। कार्यक्रममा गा।पा अध्यक्ष साहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै परिषदले बिभिन्न बिषयमा योजना तय गर्नुको साथै शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र, बिकास निर्माणमा बजेट बिनियोजन गरेको जानकारी गराउनु भएको छ । सोही अवसरमा प्रमुख अतिथि एवं महिला बालबालिका युवा तथा खेलकुद मन्त्री सिंहले गाउँपालिकाको समग्र विकासमा स्थानीय जनप्रतिनिधिहरुको ठुलो हात र साथ रहेकोले उहाँहरुको योगदानको कदर गर्दै गाउँपालिका अध्यक्ष साहसहित उपाध्यक्ष अकली देवी सहनी,वडा न(१ का वडाध्यक्ष गौरी शंकर महतो,वडा न(२ का वडाध्यक्ष राम बहादुर सहनी, वडा न(३ का टुनीलाल राय यादव, वडा न(४ का भोगेन्द्र राय यादव,वडा न(५ का गजेन्द्र महतो,वडा न(६ का राज मंगल राय यादव ,वडा न(७ का वडाध्यक्ष राम लखन राय लगायत कार्यपालिका सदस्य, वडा सदस्यहरह तथा कर्मचारीहरुलाई समेत मधेशको सान र पहिचान गम्छा ओढाएर सम्मानित गर्नुभएको छ । कार्यक्रममा मन्त्री सिंह, गा।पा अध्यक्ष साह र उपाध्यक्ष सहनीलाई गाउँपालिकाले मायाको चिनो उपहार स्वरुप प्रदान गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस