मायादेवी गाँउपालिकाको बजेट ५४ करोड ३१ लाख

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ २५, शुक्रबार (४ साल अघि)
  • ३ पटक पढिएको
मायादेवी गाँउपालिकाको बजेट ५४ करोड ३१ लाख


नारद कोहार कपिलबस्तु, असार २५ गते
मायादेवी गाँउपालिकाको आगामी आर्थिक बर्ष २०७८÷०७९ कालागि ५४ करोड ३१ लाख ५६ हजार ४ सय ५२ रुपैयाको बजेट बिनियोजित गरिएको छ । गाँउ पालिकालको अठौं गाँउ सभाले सो बजेट बिनियेजित गरेको हो । मायादेवि गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनले प्रस्तुत गरेको बजेट सभाले पास गरेका छ ।
गाँउसभाबाट विभिन्न योजनाहरु परित गरिएको गाँउपालिकाका अध्यक्ष बजरंगी चौधरीले बताए । गाँउपालिका भित्र रहेका बिद्यालयमा कार्यरत कार्यालय सहयोगी र बालबिकासका सहयोगी कार्यकर्ताहरुको तलब १५ हजार प्रति महीना र स्वयंसेवक शिक्षकहरुलाइ २०५ को दरले तलब वृद्धि भएको छ ।
वडा कार्यालय तथा स्वास्थ्य चौकीका करारमा रहेको कार्यालय सहयोगीहरुको तलब सुबिधा नेपाल सरकारले तोके बमोजिम दिने, होम डिलेभरी गर्न गर्भवती महिलाहरु लाई स्वास्थ्य संस्थामा पुर्याउन निशुल्क एम्बुलेन्स सेवा, गाउँपालिकाको सम्पुर्ण वडामा एम्बुलेन्स सेवा संचालन, सरसफाइको लागी ट्राली टक्कर खरिद र संघीय सरकार र प्रदेश सरकारको विशेष सहकार्यमा ७ करोडको २ वटा योजनामा ५० प्रतिशत सम्पुरक कोष दिने निर्णय गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस