वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरु र रक्सौल रेल्वे स्टेशनका अधिकारीहरु बीच सङ्घकै सभाहलमा भेटघाट तथा छलफल भएको छ ।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण ५, मंगलबार (४ साल अघि)
  • २ पटक पढिएको
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरु र रक्सौल रेल्वे स्टेशनका अधिकारीहरु बीच सङ्घकै सभाहलमा भेटघाट तथा छलफल भएको छ ।

पवन शाह वीरगञ्ज, श्रावण ४ गते
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरु र रक्सौल रेल्वे स्टेशनका अधिकारीहरु बीच सङ्घकै सभाहलमा भेटघाट तथा छलफल भएको छ ।
सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले पुष्पगुच्छ सहित स्वागत गर्दै रक्सौल रेल्वे स्टेशनलाई भौतिक पूर्वाधार सहितको स्टेशनको अपग्रेड गर्नुपर्ने, रेल्वे स्टेशनभित्र व्यवस्थित पार्किङ्ग, क्यान्टिनको व्यवस्था हुनुपर्ने, रक्सौल रेल्वे क्रसिङ्गमा ओभरब्रिजको चाँडै निर्माण हुनुपर्ने लगायतका विषयमा स्टेशनका अधिकारीहरुलाई सुझाव दिनुभयो ।
रक्सौल रेल्वे स्टेशनका स्टेशन मास्टर अनिलकुमार सिंहले रक्सौल रेल्वे क्रसिङ्गमा मोटरसाइकल र पैदल यात्रीको लागि ओभरब्रिजको प्रक्रिया अगाडि बढिसकेको र चाँडै निर्माण हुने बताउनु हुँदै ठूला सवारी साधनहरुको लागि आना माथिल्लो निकायमा पहल गरिने बताउनुभयो । उहाँले रक्सौल रेल्वे स्टेशनमा सुलभ तरिकाले टिकटको व्यवस्थाको लागि अटोमेटिक टिकेटिङ्ग मेशिन राख्न लागिएको पनि बताउनुभयो । त्यस्तै स्टेशनभित्रको भौतिक पूर्वाधारलाई सुधार गर्दै जाने, व्यवस्थित क्यान्टिन र पार्किङ्गको व्यवस्थाको लागि आफुहरुले सक्दो प्रयास गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा सङ्घका कोषाध्यक्ष गोविन्द शाहले रक्सौलदेखि दिल्ली, मुम्बई, कोलकाता जस्ता मुख्य शहरहरु जोड्ने सिधा रेल्वे नभएकोले नजिकको ठूलो स्टेशनबाट जानु पर्दा समय लाग्ने गरेकोले यस्ता शहरहरुमा सिधै रेल्वे सञ्चालनको लागि आवश्यक पहल गर्न अनुरोध गर्नुभयो ।
सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले गर्नु धन्यवाद ज्ञापन कार्यक्रममा रक्सौल रेल्वे स्टेशनका कमर्सियल हेड सञ्जय कुमार, सङ्घका उपाध्यक्ष माधव राजपाल, सहसचिव अनोज रुँगटाले आआनो जिज्ञासा राख्नु भएको थियो । कार्यक्रममा सङ्घका उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल उपाध्यक्ष हरि गौतम, महासचिव मनोजकुमार दास लगायतको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस