बारा र बाघभैरव सामुदायिक वन समितिको मिलेमात्तोमा बाराको निजगढमा पोखरी खन्ने अभियान

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण ९, शनिबार (४ साल अघि)
  • ४ पटक पढिएको
बारा र बाघभैरव सामुदायिक वन समितिको मिलेमात्तोमा बाराको निजगढमा पोखरी खन्ने अभियान

दिपेन्द्र जयसवाल,बारा साउन ०८ गते
डिभिजन वन कार्यालय, बारा र बाघभैरव सामुदायिक वन समितिको मिलेमात्तोमा बाराको निजगढमा पोखरी खन्ने अभियान चलाईएको छ । बाराको निजगढ नगरपालिका वडा नं.४ बागदेवमा वर्षेनी लाखौं रूपैयाँ खर्चेर पोखरी निर्माण गरिए पनि सोको उपयोग भने नभएको स्थानीयले बताएका छन् । गत वर्ष लाखौं खर्चेर निर्माण गरिएको पोखरीमा पानी छैन । यस वर्ष समेत साँढे ३२ लाखको लागतमा अर्को पोखरी निर्माण भएको छ । वन्यजन्तु शंरक्षणका लागि पोखरी खनिएको भने पनि वस्तीसँगै जोडिएको छ । बस्ती जोडिएको ठाउँमा गहिरो पोखरी निर्माण गरेर वन कार्यालयले असारे बजेट खपत गरेको स्थानीय सन्त पाख्रिनले बताएका छन् । पोखरी माफियाले वर्षेनी पोखरी खन्ने उयोग नगर्ने गरेर बजेट पचाउँदै आएको उनले सुनाएका छन् । पोखरी निर्माण गर्ने सरकारी बजेटको २५ प्रतिशत रकम वन कार्यालयलाई बुझाउँने गरी बस्तीका छेउमा पोखरी बनाउँन लागिएको गाउँमा हल्ला चलेको पाख्रिनले बताएका छन् वर्षेनी पोखरी निर्माण गर्ने तर, पानीको उचित व्यवस्थापन गर्ने तर्फ वन कार्यालय र बाघभैरव समितिले ध्यान दिने गरेका छैनन् । पोखरी निर्माणको जिम्मा लिने र बजेट पचाउँने भन्दा अर्को काम नभएको अर्का स्थानीय रामकुमार थापाले बताउनु भयो । यता बाघभैरव वन उपभोत्त समितिका अध्यक्ष सुदर्शन लामिछानेले बजेट बचाउँन, वनलाई कमिसन दिन नभएर वन जोगान पोखरी खनिएको बताएका छन् । खाली जमिन अतिक्रमणको चपेटामा पर्दै गए पछि डिभिजन वन कार्यालयको परामर्श र आर्थिक सहयोगमा पोखरी निर्माण गरिएको उनले बताएका छन् । पोखरी निर्माणले वन अतिक्रमण हुँनबाट जोगिएको र वन समितिका लागि अतिरिक्त आम्दानीको श्रोत निर्माण भएको उनको भनाई थियो । सिमसार क्षेत्र व्यवस्थापन, वन अतित्रमण रोकथाम र सामुदायिक वनको आय आर्जन गर्ने उद्देश्यले डिभिजन वनको साँढे २८ लाख र बाँकी सामुदायिक वनको लागतमा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले बताउनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस