वीरगञ्ज उद्योग वाणिज्य संघले प्रदेश नं. २ का प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेश रञ्जितकारसँग भेटघाट

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण ११, सोमबार (४ साल अघि)
  • ३ पटक पढिएको
वीरगञ्ज उद्योग वाणिज्य संघले प्रदेश नं. २ का प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेश रञ्जितकारसँग भेटघाट


पवन साह पर्सा÷१० साउन
वीरगंज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिले आफ्नो कार्यकालको १०० दिन पूरा गरेको अवसरमा डिआइजी रञ्जिकारसँग भेटघाट र सरसल्लाह गरेका हुन्। भेटको क्रममा संघका अध्यक्ष सुबोधकुमार गुप्ताले हाल कायम रहेको शान्ति सुव्यवस्थालाई स्थायित्वको लागि आग्रह गरे । उनले कोभिड १९ को सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै सङ्घले आफ्नो सक्रियतामा नारायणी अस्पतालमा बाल सघन चिकित्सा इकाईको निर्माण सम्पन्न गरेको र हाल उक्त इकाईबाट प्रभावकारी स्वास्थ्य सेवा प्रदान भई रहेको जानकारी गराए । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताको अध्यक्षतामा प्रदेश नम्बर २ का प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकार संग सङ्घकै सभाकक्षमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर २ का अध्यक्ष गणेशप्रसाद लाठ, सङ्घका पूर्वअध्यक्ष अशोककुमार बैध, सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष श्री प्रेमचन्द्र गोयल, सह–सचिव अनोज रुँगटा, कार्यसमिति सदस्य शिवजी प्रसाद साह, सुरेशकुमार रुँगटा, निरज अग्रवाल, प्रकाश खण्डेलवाल, अवधेशकुमार सरावगीजको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस