तास खेलिरहेको अबस्थामा चन्द्रपुर बाट नौ जना प्रहरी नियन्त्रणमा, दुई लाख ८० हजार समेत बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण १७, आईतबार (४ साल अघि)
  • ३ पटक पढिएको
तास खेलिरहेको अबस्थामा चन्द्रपुर बाट नौ जना प्रहरी नियन्त्रणमा, दुई लाख ८० हजार समेत बरामद


सर्मिला नेपाल रौतहट १६,साउन
रौतहटको चन्द्रपुर बाट तास खेलिरहेको अबस्थामा नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गरुडा न.पा.वडा नं.४ का २५ वर्षीय रामशरण चौरसिया, २४ वर्षीय जय प्रकाश साह , २६वर्षीय अशोक चौधरी ,३६ वर्षीय हरिष जयसवाल ,२२ वर्षीय मुकेश साह,२७ वर्षीय रोहित जयसवाल , ३० वर्षीय जंग बहादुर यादव , २३ वर्षीय उमेश राय र ४२ वर्षीय उपेन्द्र राउतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। चन्द्रपुर–४ मा रहेको रहेको अशोका होटलको ३ सय १ नम्बर कोठा बाट तास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी टोलिले नियन्त्रणमा लिएको बताइएको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी टोलिले चन्द्रनिगाहपुरको होटल अशोकाबाट पक्राउ गर्दा उनीहरु खेलेको खालबाट खुल्ला तासको पत्ती ४१२ थान, रातो निलो रंगको सिल प्याक तास बुक ८ थान, नगद दुई लाख ७९ हजार ६ सय ९० रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ । सो होटलले बिगत लामो समय देखि तास खेलाउदै र खेल्ने बाताबरण बनाउदै आएको सुचनाको आधारमा उनीहरु लाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस