बिश्व हिन्दू परिषद् रौतहट शाखाले सिडियो लाई बुझायो ज्ञापनपत्र

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण १८, सोमबार (४ साल अघि)
  • ४ पटक पढिएको
बिश्व हिन्दू परिषद् रौतहट शाखाले सिडियो लाई बुझायो ज्ञापनपत्र


बिणा श्रीवास्तव । गौर । साउन १७ गते
बिश्व हिन्दु परिषद रौतहट शाखाले आज आईतवार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ज्ञापन पत्र बुझाएका छन्। जनता समाजवादी पार्टीका बरिष्ट नेता डाक्टर बाबुराम भट्टराईले ट्विटर मार्फत् दिएको हिन्दु विरोधी वक्तव्यको विरोधमा बिश्व हिन्दु परिषद रौतहट शाखाको अध्यक्ष आलोक पान्डेको नेतृत्वमा रौतहटका प्रमुख जिल्ला अधिकारी यादव समक्ष ज्ञापनपत्र बुझाइएको छ। सो ज्ञापनपत्र बुझाउने क्रममा परिषद्का सल्लाहकार द्वय भाग्य नारायण मिश्र तथा (अधिवक्ता) राजीव सिंह एवं परिषद् का युवा संयोजक नन्द भुषण श्रीवास्तव लगायत जिल्ला मुल कमिटी का सदस्य राज भुषण श्रीवास्तव, परिषद् का जिल्ला उपाध्यक्ष रणधीर ठाकुर लगायत संचारकर्मीहरूको विशेष उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस