झगडाको क्रममा पेस्तोलसहित अन्सारी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र ६, आईतबार (४ साल अघि)
  • ३ पटक पढिएको
झगडाको क्रममा पेस्तोलसहित अन्सारी पक्राउ

राजिव शाह–सर्लाही,भदौ ५ सर्लाही
प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । आज (शनिबार) मलंगवा नगरपालिका–११ ठूलो पल्सीबाट स्थानीय ३० वर्षका समसुद्दिन अन्सारीलार्ई प्रहरीले पक्राउ गरेको हो। शनिबार बिहान अन्सारी र उनका दाजु ४५ वर्षीय फुलगनी अन्सारीबीच विवाद भएको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। झगडा गरिरहेका उनीहरूलाई छुट्याउने क्रममा समसुद्दिनले कम्मरमा भिरेको अवस्थामा एक थान पेस्तोल बरामद भएको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । उनको साथबाट पेस्तोलमा लोड भएको एक राउन्ड गोलीसमेत बरामद समेत गरिएको छ। यस विषयमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस