पेस्तोल र गोलीसहित सर्लाहीबाट दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र ९, बुधबार (४ साल अघि)
  • ३ पटक पढिएको
पेस्तोल र गोलीसहित सर्लाहीबाट दुई जना पक्राउ

सर्लाही, भदौ
नलकटुवा पेस्तोल र गोलीसहित सर्लाहीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाही प्रहरीका प्रबक्ता माधव प्रसाद बुढाथोकीका अनुसार मंगलबार सर्लाहीको नयाँ रोडबाट बरहथवातर्फ जादै गरेको बिआर ३० जे–३०८० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा पेस्तोल र सो पेस्तोलमा प्रयोग हुने ३ राउन्ड गोली बरामद भएको हो ।

पक्राउ पर्नेमा बागमती नगरपालिकाको वडा नम्बर ८ बस्ने अरुण लामा र अगबर अन्सारी रहेका छन् ।

मोटरसाईकलको लेगार्डमा राखिएको हरियो रंगको कपडाको झोलाबाट पेस्तोल र गोली बरामद भएको सर्लाही प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस