श्री जनसमुदाय मा.विको प्र.अ पदमा यादव

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र ११, शुक्रबार (४ साल अघि)
  • ४ पटक पढिएको
श्री जनसमुदाय मा.विको प्र.अ पदमा यादव

दिपेन्द्र जयसवाल,बारा
भदौ १०
बाराको करैयामाई गाउँपालिका वडा नं.१ मा रहेको श्री जन सामुदयिक माध्यमिक विद्यालय मधुबन हरैयाबाट एस.एल.सी.२०५३ सालको प्रथम ब्याचमा प्रथम बिद्यार्थी उत्तीर्ण अबल ईमान्दार रेडक्रस कर्मी एवम् श्री जय किसान माध्यमिक बिद्यालय धरहरी रौतहटबाट सरूवा भई आएका माध्यमिक शिक्षक रामबाबु यादवलाई आज एक कार्यक्रमको बिच श्री जन सामुदायिक माध्यमिक विद्यालय मधुबन हरैयाचमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष शम्भु प्रसाद यादवले सो विद्यालयको प्रधानाध्यापक पदमा शिक्षक रामबाबु यादवलाई प्रधानाध्यापक पदमा आज विद्यालयमा हाजिर तथा स्वागत गराउनु भएको हो । सो कार्यक्रममा करैयामाई गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष सोनालाल साह,विद्यालय व्यवस्थापन समितिको पूर्व अध्यक्ष राम सुरेश यादव,करैयामाई गाउँपालिका वडा नं.६ को दलित महिला सदस्य शारदा देवी राम, वडा सदस्य राजेन्द्र यादव, वडा नं.५ को वडा सदस्य दिपनी थरूनी,विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थी अभिभावक तथा शिक्षाप्रेमीको रोहबरमा प्रधानाध्यापक यादवलाई फूलमाला र अबिर लगाई बिद्यालयमा हाजिर गराउनु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस