
|Smoke rises from a deadly explosion outside the airport in Kabul, Afghanistan, Thursday, Aug. 26, 2021. Two suicide bombers and gunmen have targeted crowds massing near the Kabul airport, in the waning days of a massive airlift that has drawn thousands of people seeking to flee the Taliban takeover of Afghanistan. (AP Photo/Wali Sabawoon)
एजेन्सी, ११ भदौ । अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको आतंकवादी हमलामा परेर मृत्यु हुनेको सङ्ख्या ९० पुगेको छ भने घाइतेको संख्या १५० भन्दा बढी पुगेको छ । बिहीबार अफगानी स्वास्थ्य मन्त्रालयले जनाकारी गराएको हो ।
काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा बिहीबार दुईवटा आत्मघाती बम विस्फोट भएको थियो । विस्फोटमा अमेरिकी सैनकसहित अहिलसम्म ९० जनाको मृत्यु भएको बताइएको छ ।
उक्त घटनामा घाइतेहरूको सङ्ख्या १५० भन्दा बढी पुगेको बताइएको छ । मृत्यु हुने अफगानीमध्ये कम्तीमा २८ जना तालिबानका सदस्य रहेको जनाइएको छ । तालिवानले यस घटनाको निन्दा गर्दै उक्त घटनामा संलग्न रहेको दोषीलाई कारवाही गर्ने चेतावनी दिएको छ । –Photo: Agency (ReportersNepal)
