रौतहटमा नेपाल दलित विधार्थी संघको प्रथम जिल्ला अधिवेशन सम्पन्न संघको अध्यक्षमा रजक चयन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र १३, आईतबार (४ साल अघि)
  • २ पटक पढिएको
रौतहटमा नेपाल दलित विधार्थी संघको प्रथम जिल्ला अधिवेशन सम्पन्न संघको अध्यक्षमा रजक चयन

स्मिथ रजक।भदौ १२ गते। रौतहट ।

रौतहटमा नेपाल दलित विधार्थी संघको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ।

रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ४ गरुडा सथित सार्वजनिक धर्मशालामा नेपाल दलित संघको जिल्ला सभापति अमिन्द्र पासवानको सभापतित्वम तथा नेपाल दलित विधार्थी संघको केन्द्रीय सदस्य सविन विश्वकर्माको प्रतिनिधित्वमा सो अधिवेशन शनिबार सम्पन्न भएको छ।

अधिवेशनले नेपाल दलित विधार्थी संघको जिल्ला अध्यक्ष मा रामप्रवेश कुमार रजक सर्व सहमति ले चएन भएका छन भने सो संघमा अन्य २० जना सदस्यहरु गरि २१ जना सदस्यहरु रहेका छन्।

अधिवेशनको बारेमा प्रष्ट पार्दै नेपाल दलित विधार्थी संघको केन्द्रीय सदस्य सविन विश्वकर्माले उक्त अधिवेशनले नेपाल भित्र रहेको दलित बालबालिकाहरुको शिक्षामा सुधार तथा शिक्षा मा पहुँच बढाउन र दलित बिधार्थीहरुलाई शिक्षा आर्जन गराउन संघले पुर्णरुपले सहयोग गर्ने बताए ।

उक्त कार्यक्रमको प्रमुख अथितिमा नेपाली कांग्रेस का जिल्ला सभापति कृष्ण प्रसाद यादव रहेका थिए भने बिशिस्ट अथितिमा वृन्दावन नगरपालिकाका नगर प्रमुख राम सनेही यादव रहेका थिए।त्यसैगरी अथितिहरुमा गोपाल चौलागाईं,सामाजिक अभियन्ता धर्मेन्द्र पासवान,सुखाडी बैठा,राजाबाबु साह,अनुठा यादव,अर्जुन यादव र रघुधन बैठा लगायत विभिन्न व्यकतित्वहरुको उपस्थिति रहेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस