रौतहटको गौर बसपार्कमा फोहर ब्यबस्थापन गर्न भन्दै चालकहरुले गरे प्रर्दशन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र २१, सोमबार (४ साल अघि)
  • ३ पटक पढिएको
रौतहटको गौर बसपार्कमा फोहर ब्यबस्थापन गर्न भन्दै चालकहरुले गरे प्रर्दशन

रमेश कुमार यादब
भदौँ २०,रौतहट

रौतहटको बिभिन्न मुख्य–मुख्य ठाउँहरुमा नै फोहर हुँदा सहरहरु नै कुरुप बन्दै गईरहेको गुनासो पनि बढन थालेको छ । रौतहटको सदरमुकाम रहेको गौर बसपार्कमा नै फोहर हि फोहर हुँदा यात्रुले सास्ती भोगनु परेको छ । रौतहटको गौर बसपार्कमा फोहर ब्यबस्थापन नगरेको भन्दै आइतबार स्थानिय र सवारी चालकहरुले नारावाजी सहित प्रदर्शन गरेका छन । करोडौंको लागतमा बनेको रौतहटको गौर बस पार्क कुरुप र प्रदुषित हुँदै गएको भन्दै स्थानीय र सवारी चालकले नाराबाजि गरेका उनीहरुले बताएका छन । गौर बसपार्क दिनप्रतिदिन प्रदुषित हुदै गएपछि दुर्गन्ध फैलन थालेपछि स्थानिय र सवारी चालकहरुलाई विभिन्न रोग लाग्न सक्ने भएकाले तत्काल नगर प्रमुख अजय गुप्ताले पहली कदम चाल्नु पर्ने प्रर्दशनकारीहरुले माग गरेका छन । प्रदर्शनकारीहरुले बस पार्क ठेकेदार र नगर प्रमुख प्रति कडा नारावाजी लगाएका थिए । प्रर्दशनकारीहरुले बिभिन्न किसिमका नरा लगाएका थिए जस्तै बस पार्कमा ध्यान देउ , सरसफाई प्रति ध्यान देउ , विजुली बत्तिप्रति ध्यान देउ लगायतका नारा लगाएका छन । बस पार्क ठेकेदार र नगरपालिकाका नगर प्रमुख , उपप्रमुखको समेत मिलोमत्तो भएकाले बस पार्कको रेखदेखमा नगरपालिकाले ध्यान नदिएको उनीहरुको आरोप रहेको छ । त्यसतै रौतहट जिल्लाको मध्य भागमा अवस्थित रहेको गरुडा नगरपालिका पनि फोहरको कारण कुरुप बन्दै गईरहेको स्थाािनयहरुले बताएका छन ।रौतहटको मध्य भागमा पर्ने तथा ब्यापारीहरुको मुख्य बजार गरुडा नै रहेको छ ,त्यसमा पनि फोहर साथै गरुडाको बिभिन्न भागमा फोहोर नै फोहर रहेको कारणले स्वच्छ गरुडा सुन्दर गरुडा कागजमा नै सिमित रहेको साथै अव गरुडा कूरुपको रुपमा परिचित हुदै गईरहेको जानकारहरुले भनिरहेको छ ।गरुडाको ईलाका प्रहरी कार्यालय अगाडी नै फोहर हुँदा प्रहरी पनि यसप्रति कुनै चासो नदेखाएको स्थानियहरुले बताएका छन । प्रहरीहरुले बिधिन्न ठाउँमा गई आफ्नो वरिपरि सफा राख्नु पर्छ यसले शरिरलाई पनि बिभिन्न रोगहरुबाट बचाउ छन । तर आफ्नै अगाडी यति फोहर राख्दा यस प्रति प्रहरी मोैन बसेको स्थानियले प्रहरी माथि नै प्रश्न चिन्ह उठाएको छ । ईलाका प्रहरी कार्यालय गरुडा देखि १०० मिटर पुर्व तथा चपुर गौर जाने बाटोको छेउमा नै यति फोहोर थुपारेको कारण यसबाट कति रोग सर्ने सम्भवना रहेको छ यकिन पनि गनर्न सक्दैँन । सो बाटोमा अवात जावत गर्दा यात्रुहरुले तथा बसमा सवार यात्रीहरुले मुख थुनेर यात्रा गर्न बाध्य भईरहेको छ । गरुडा नगरपालिकामा करौँडो बजेट आउदा गरुडा नगर प्रमुख देखि जनप्रतिनिधिले ल्टनमा नै ब्यस्त रहेको यस प्रति कसैको चासो नरहेको गरुडाका स्थानियहरुले आरोप समेत लगाएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस