कलैया उपमहानगर पालिकामा हाजिर राजिष्टरमा उपस्थिति। अमरेस कुमार पाण्डेय

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र २५, शुक्रबार (४ साल अघि)
  • २ पटक पढिएको
कलैया उपमहानगर पालिकामा हाजिर राजिष्टरमा उपस्थिति। अमरेस कुमार पाण्डेय

बारा/ कलैया / भाद्र २४
कलैया उपमहानगर पालिका कार्यालयमा अधिकान्स कर्मचारीहरु हाजिर राजिष्टरमा सहि गरि बाहिर जाने गर्दछ्न ।उपमहानगरको शाखाहरुमा सेवाग्राही पुगे पनि कर्मचारीको कुर्सी खाली नै भेटने गरेको सेवाग्राहीको गुनासो रहेकोछ।
कर्मचारी अनउपस्थितिको बारेमा कलैया उपमहानगर पालिकाका मेयर राजेश राय यादव संग प्रतिक्रिया लिदा आफू मलामी आएको र प्रशासन संबंधित बुझ्नु पर्ने जानकारी गराए।
कलैया उपमहानगर पालिकाका निमिय कार्यकारी प्रशासकीय अधिकृत प्रहलाद वर्णलाल आज महिलाहरुको हरितालिका तिजको दिन परेकोले कर्मचारीहरु भोकै आएको हुदा खाना पकाएर खानका निम्ति घर तिर लागेको जानकारी गराएकाछन।हरितालिका तिजमा महिलाहरुलाइ पुरुषले सघाउनु पर्ने भएकोले पुजाको निम्ति सामाग्रीहरु खरिद गर्नु पर्ने भएकोले जानकारी दिएर कर्मचारीहरु गएको प्रमुख वर्णवालले जानकारी गराएकाछन।
सेवाग्राहीहरु दिनहु जसो कार्यालयमा काम गराउन आउदा कर्मचारिहरु न भेटने गरेको गुनासो पोख्ने गरेकाछन।

ताजा अपडेट

खोजी गर्नुहोस