वीरगञ्जको माईस्थानबाट ३८ लाख सहित अवैध हुण्डी कारोबारी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र ३१, बिहिबार (४ साल अघि)
  • ३ पटक पढिएको
वीरगञ्जको माईस्थानबाट ३८ लाख सहित अवैध हुण्डी कारोबारी पक्राउ

वीरगञ्ज, ३१ भदौ ।  वीरगञ्जको माइस्थानस्थित केपी स्वर्ण कला केन्द्रमा पर्सा प्रहरीले छापामारी गरेको छ । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ माईस्थान चोक अगाडि रहेको कन्हैया प्रसाद सोनारले आफ्नै घरमा संचालन गरेको केपी स्वर्ण कला केन्द्रमा भित्र अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको क्राइम शाखाका प्रहरी नायब निरीक्षक विनोद कुमार सिँहको नेतृत्वमा खटिएको टोलीले बुधबार राती केन्द्रमा छापामारी गरेको हो । 

छापामारीको क्रममा खानतलासी गर्दा श्रोत नखूलेको ३८ लाख ५१ हजार १ सय रुपैया नगद बरामद गर्नुका साथै केन्द्रका सञ्चालक कन्हैया प्रसाद सोनार र जिल्ला बारा परवानीपुर वडा नम्बर ३ बस्ने दिपक कुमार सर्राफ लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार प्रेस विज्ञप्ति मार्फत जनाएको छ । नियन्त्रणमा लिएका कन्हैया र दिपकलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार प्रेस विज्ञप्ति मार्फत जनाएको छ । यसअघि पनि प्रहरीले सोही पसलमा छापामारी गरेर स्रोत नखुलेको ४१ लाख ९२ हजार नगद र २ किलो ९ सय ग्राम चाँदीसहित ८ जनालाई पक्राउ गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस